Techie IT

छाउपडि कु प्रथा र जातीय बिभेदवारे छलफल कार्यक्रम तिमिल्सैनमा सम्पन्न (अडियो सहित)


छाउपडि कु प्रथा र जातीय छुवाछुत सम्वन्धी सँवाद कार्यक्रम तिमिल्सैनमा सम्पन्न भएको छ ।

दलित सेवा संघ अछामको आयोजना र डिसिएको सहयोगमा छाउपडि कु प्रथा,जातीय छुवाछुत सम्वन्धी समावेशी सँवाद कार्यक्रम बान्नीगढी जयगढ गाउँपालीका वडा नम्बर ४ तिमिल्सैनमा सम्पन्न भएको हो ।

दलित सेवा संघ अछामका सचिव टँक ताम्राकारको अध्यक्षता तथा वडा अध्यक्ष कर्ण ठकुल्लाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा जातिय बिभेद र छाउपडि कु प्रथाको अवश्था,चुनौती र समाधानका उपायका बिषयमा छलफल गरिएको थियो । कार्यक्रमका सहभागीले जातीय बिभेद न्युनिकरण हुदै गएको भए पनि छउपडि कु प्रथा न्युनिकरण हुन नसकेको औल्याँएका छन ।

जनचेतनाको अभाव र कानुन कार्यान्वयनको अभावका कारण समाजमा छाउपडि कु प्रथा बिद्यमान रहेको सहभागीले बताएका छन । छाउपडि कु प्रथाका कारण महिला तथा किशोरीले छाउगोठमा कष्टकर जीवनयापन गर्नुपर्ने र ज्यान गुमाउनु पर्ने बाध्यता हुदा समेत छाउपडि कुप्रथा न्युनिकरण हुन नसक्नु दुःखद भएको सहभागीको भनाई थियो ।

छाउपडि कु प्रथा उन्मुलन गर्नका लागी वडा कार्यालयले सचेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिईएको छ । यसै विच कार्यक्रमका प्रमुख अथिति वडा अध्यक्ष कर्ण ठकुल्लाले वडामा छाउपडि कु प्रथा व्याप्त रहको बिषयमा आफु गम्भीर रहेको बताउदै प्रथा उन्मुलनका लागी वडाले बिभिन्न क्रियाकलाप संचालन गरिरहेको उल्लेख गर्नु भएको छ । छाउपडि गोठमा बसेकै कारण वडाका एक महिलाले ज्यान गुमाउनु परेको घटनाले पनी कु प्रथा न्युनिकरणमा वडाले जोड दिदै आएको अध्यक्ष ठकुल्लाले बताउनुभयो । वडालाई छाउपडि गोठमुक्त बनाउन प्रतिबद्द रहेको बताउदै उहाले सवैको साथ सहयोग भएमा निकट भविष्यमै वडालाई गोगमुक्त घोषणा गर्ने प्रतिबद्दता समेत व्यक्त गर्नु भएको छ ।

बाईट कर्ण ठकुल्ला

दलित सँघ अछामका कार्यक्रम संयोजक सरिता ताम्राकार,बिनोद कडाँराले सँचालन गर्नु भएको कार्यक्रममा वडा सदस्य,महिला सँजाल,युवा सँजाल, दलित नेटवर्कका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।


क्याटेगोरी : मुख्य समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!