गत आर्थिक बर्षमा ९५ प्रतिशत बजेट खर्च गरियो : वडा अध्यक्ष साउद

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर २ जनालीकोटमा गत आर्थिक बर्षमा करिव ९५ प्रतिशत बजेट खर्च भएको छ ।
गत अार्थीक बर्षको कुल बजेट ३५ लाख मध्य ९५ प्रतिशत बजेट खर्च भएको हो ।
केही महत्वपुर्ण योजनामा रकम अपुग हुँदा र काम समयमै सम्पन्न नहुदा सत प्रतिसत बजेट खर्च हुन नसकेको वडा अध्यक्ष नेत्र साउदले बताउनु भएको छ ।
वडाममा सन्चालन भएका ३ वटा योजनाको रकम रकमान्तण गर्न नसक्दा र समयमै काम सम्पन्न गर्न नसक्दा रकम सन्चयकोषमा गएकाले गत आर्थीक बर्षका योजनाहरुमा काम सन्तोषजनक हुन नसकेको वडा अध्यक्ष साउदले बताउनुभयो ।
प्रदेश सरकारबाट संचालन भएका योजनाहरु पारदर्सी रुपमा सम्पन्न भएकोमा उहाले अाशँका गर्नुभएको छ ।
वडामा सन्चालन भएका प्रदेशका योजनाहरुमा उचित अनुगमन नहुदा उपोभोक्ताको मनपरी बढेको र वडाका योजनाहरु ओझेलमा परेकाले योजनाको काम सन्तोषजनक नभएको वडा अध्यक्ष साउदको भनाई छ ।
वडाबाट सँचालीत योजनाहरु जनतालाई प्रत्यक्ष रुपमा लाभ मिल्ने योजना रहेको उहाले दावी गर्नुभयो ।