स्क्रब टाइफसको संक्रमण बाट कैलालीमा एकजनाको मृत्यु
स्क्रब टाइफस के हो र कसरी लाग्छ ? यस्ता छन् बच्ने उपाय

धनगढी, २६ भदौ–सुल्सुले (माइट) को टोकाइबाट सर्ने स्क्रव टाइफसको संक्रमण वाट कैलालीमा आज एकजनाको मृत्यु भएको छ ।
विरामी भएपछि उपचारका लागी मायामेट्रो अस्पतालमा भर्ना भएका २० वर्षिय भरत खातीको आज अपरान्ह करिब ४ वजे मृत्यु भएको अस्पतालका डा मोहन भट्टराइले जानकारी दिए । भदौ २१ गते अस्पताल भर्ना भएका खातीको आइसियुमा उपचार भइरहेको र आज मृत्यु भएको अस्पतालले जनाएको छ ।
मुसा जातीमा पाइने एक प्रकारको परजिवी सुल्सुले किर्नामा यो रोगको किटाणु हुने र उक्त किर्नाले मानिसलाइ टोकेमा स्क्रव टाइफसको संक्रमण हुने चिकित्सक वताउछन ।
किर्नाले टोकेको ठाउमा घाउ हुन, शरिरमा विमीरा देखिनु, अत्यधिक ज्वरो आउनु, शरिरका विभिन्न भाग दुख्नु स्क्रव टाइफसका लक्षण हुन । समयमै रोग परिक्षण गरी उपचार गरेमा यो रोग निको हने हुदा रोगको शंका लाग्ने वित्तीकै अस्पताल जान स्वास्थ्यकर्मीले सुझाव दिएका छन । स्क्रब टाइफस एक प्रकारको जीवाणु ‘रिकेटसया सुसुगामुसी’ ले संक्रमित सूक्ष्म किरा (माइट) को टोकाइबाट फैलिन्छ । समयमै उपचार नगरे यसले मस्तिष्क, कलेजो, फोक्सो थुप्रै प्रकारको संक्रमण हुन्छ । यो किरा मुख्यत खेत, झाडी, घाँस आदि ठाउमा रहने मुसा प्रजातिको जनावरमा पाइन्छ । यो रोग उत्पन्न गर्ने ब्याक्टेरिया संक्रमित मुसाको पेटभित्रको खाल्डाहरूमा बस्छ ।
स्क्रब टाइफस के हो र कसरी लाग्छ ? यस्ता छन् बच्ने उपाय
मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन । हामीलाई सामान्य जस्तो लाग्ने ससाना कुराहरुबाटै पनि दैनिक जीवनमा समस्या निश्कन सक्दछ ।
धेरै सरुवा रोगहरु मध्येको एक हो स्क्रब टाइफस । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ ।
लक्षण :
स्क्रब टाइफस भएका मानिसहरुमा धेरै जरो आउने १०४ डिग्री भन्दा बढि र काम जरो समेत आउन सक्दछ । धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखला लाग्ने , विस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छोड्ने,समयै उपचार नभएका कडा खालको स्वासप्रस्वास समस्या जस्तै दम बढ्नु सास फेर्न गाह्रो भई विरामी सिकिस्त समेत हुन सक्छ । किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिन सक्छ । टोकेको ठाँउमा पछि गएर कालो दाग बस्न सक्छ ।
बच्ने उपाय
खेतीवारीमा काम गर्दा, वनजगंल झाडीमा जादा तथा घास काट्न जादाँपुरा शरिर ढाकीने कपडा लगाउने संभव भए बुट लगाउने, घासबारी वा चौर मा बस्दा गुद्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासवारी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सिर्जना गर्ने ।