नेकपा जनप्रतिनिधी भ्रष्टाचारमा लिप्त छन : सभापती स्वार

नेपाली काँग्रेसको दोस्रो चरणको राष्टि्य जागरण कार्यक्रम अन्तर्गत अन्तरक्रिया कार्यक्रम बान्नीगढी जयगढ गाउँपालिकाको दर्नामा सम्पन्न भएको छ ।
नेपाली काँग्रेस क्षेत्र नम्वर १ प्रदेश सभा ख का सँयोजक डम्वर स्वारको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस अछामका पार्टि सभापति भरत कुमार स्वार प्रमुख अथिति रहनु भएको थियो । भने केन्द्रिय प्रतिनिधि गोविन्दराज जोशी र पुर्व साँसद महा नेपाली बिशिष्ट अथिति रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति पार्टि सभापती स्वारले नेकपा सरकारका गतिविधिका कारण जनता अाजित भएको बताउनु भएको छ । नेकपा सरकार र नेकपाका जनप्रतिनिधी तथा मन्त्री समेत भ्रष्टाचारमा लिप्त रहेको स्वारले अारोप लगाउनुभयो ।
जनतालाई ललाई फकाई झुक्याउने दिन गएको बताउदै सभापति स्वारले काँग्रेसप्रति नागरिकको अाकर्षढ बढ्दै गएको दावी गर्नुभयो ।
कार्यक्रममा जिल्ला सदस्य चन्द्रसिँह लुहार,अनुराधा स्वार,नृप खड्का, नेवीसँघ जिल्ला सभापति नृप साउद लगायतका अथिति रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति जोशीले देश र जनताको हक हितका लागी लड्ने एक मात्र पार्टि काँग्रेस भएको दावी गर्दै जनजागरण कार्यक्रमले काँग्रेस अझै बलियो हुने बताउनु भयो ।
जनजागरण कार्यक्रमले काँग्रेस कार्यकर्ताहरुमा उत्साह र उमँग ल्याएका कारण अव काँग्रेस क्रियाशिल हुने र देशको पहिलो पार्टि बन्ने उहाको भनाई छ ।
नेपाली काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधी लगायत पार्टि कार्यकर्ताको सहभागीता रहेको कार्यक्रममा वडा सभापति दिपक शाहले स्वागत गर्नु भएको थियो भने सँचालन गाउ कार्य समिति सचिव सुरत रावलले गर्नुभएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस