Techie IT

पर्यटन मन्त्री भट्टराईमाथि हातपातको प्रयास


नेपालगञ्ज विमान स्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि हातपातको प्रयास भएको छ। मन्त्री भट्टराईका कारण विमान उडानमा एक घण्टा ढिलो भएको भन्दै यात्रुहरुले हातपातको प्रयास गरेका हुन्।

कैलालीबाट बेलुकी गएका मन्त्री नेपालगञ्ज ढिलोगरि पुगेपछि एक घण्टा विमान रोकिएको थियो। बेलुकी ६ बजे २५ मिनेटमा उड्नु पर्ने बुद्ध एयरको विमान मन्त्री भट्टराईका कारण एक घण्टा ढिलो भएको भन्दै आक्रोसित यात्रुहरुले हातपातको प्रयास गरेका हुन्। मन्त्रीका कारण विमान ७ बजेर ८ मिनेटमा उडेको नेपालगञ्ज विमानस्थलले जनाएको छ।

जहाजमा भ्रष्टाचारविरूद्धका अभियान्ता ज्ञानेन्द्र शाहीसमेत थिए। उनीहरुले नै मन्त्रीका बिरुध नाराबाजी गरेका थिए। भने मन्त्रीलाई हातपातको प्रयास गरेका थिए। उनीहरुले संस्कृति मन्त्रीको संस्कार नभएको भन्दै बिरोध गरेका हुन्।
दिनेश खवरबाट


क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!