बान्निगढी जयगढ बाहेक कमसल मदिरा नियन्त्रणमा अछाम प्रहरी सक्रिय ( के भन्छन त डिएसपी शाही )

 

भानु ढकाल ,
पछिल्लो समय अछाम प्रहरी न्युन गुणस्तरिय मदिरा नियन्त्रणमा सक्रिय देखिएको छ ।

दिन प्रतिदिन गुणस्तर हिन मदिरा बरामद गर्ने काममा प्रहरीको सक्रियता बढेको हो । मानब स्वास्थ्यमा तत्काल उच्च प्रतिकुलता ल्याउने तथा कानुनि रुपमा समेत बन्देज गरिएका मदिरा बरामदमा अछाम प्रहरीले बिशेष रणनिति नै अपनाएको अछाम प्रही प्रमुख डिएसपी जनक शाहीले बताउनुभयो ।

कानुनले राज्यलाई कर तिरेर बिक्रिबितरण गर्न छुट दिईएको तर मानब स्वास्थ्यमा ठुलो नकारात्मक असर गर्ने मदिरा समेत प्रहरीले स्थानिय सरकारसंगको समन्वयमा बरामद गरि नष्ट गर्न थालेको उहँले उल्लेख गर्नुभयो ।

पापछिल्लो केही समय यता जिल्लाका कमलबजार नगरपालिका , पञ्चदेवल बिनायक नगरपालिका , रामारोशन गाँउपालिका , मेल्लेख गाँउपालिका , चौरपाटी गाँउपालिका तथा साँफेबगर नगरपालिका का अधिकांस स्थानबाट प्रहरीले दिनप्रतिदिन मदिरा नियन्त्रण गरि नष्ट गरेको छ ।

जिल्लाका सबै स्थानिय तहमा प्रहरी मदिरा नियन्त्रणमा सक्रिय भएपनि बान्निगढी जयगढ गाँउपालिकामा भने न्युन गुणस्तरिय मदिरा नियन्त्रणमा प्रहरी बेखबर जस्तै बनेको छ । गाँउपालिको जयगढ बजार लगाएत बिभीन्न स्थानमा प्रहरीले न्युन गुणस्तरको संघा दिएको मदिरा खुल्याम बिक्रिबितरण हुँदा पनि प्रहरी मौन देखिएको हो ।

स्थानिय बासिन्दा तथा प्रतिपक्षी दल नेकपाले गाँउपालिकामा कमसल मदिरा नियन्त्रण गरियोस भनि पटक पटक प्रहरी तथा गाँउपालिका सरकारको ध्यान आर्कशण गराएपनि दुईटै निकाय मौन बनेका हुन ।

यता जिल्ला प्रहरी प्रमुख जनक शाहीले भने गाँउपालिकाले निश्चित मापदण्ड नबनाउँदा मदिरा नियन्त्रणमा असहजता भएको बाताउनु भएको छ । रेडियो बान्निगढीसंगको कुराकानिको क्रममा उहाँले गाँउपालिकाले प्रष्ट निर्देशिका नबनाउदा मदिरा नियन्त्रणमा समस्या भएको बताउनुभएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker