Techie IT

बिकासे योजनामा गाउँपालीकाकै नमुनायोग्य काम तिमिल्सेनमा भएको छ: वडा अध्यक्ष (कुराकानी सहित)


दिनेश केशी, रेडियो बान्नीगढी

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सेनमा गत आर्थीक बर्ष करिब सत प्रतिसत बजेट खर्च भएको छ ।

जनतालाई प्रत्यक्ष रुपमा लाभान्वीत हुने गरि महत्वकांक्षी योजनाहरुमा रकम खर्च गरिएको वडा अध्यक्ष कण ठकुल्लाले बताउनु भएको छ ।

गत आर्थिक बर्षमा तिमेल्सेनमा सडक, सिचाई र शिक्षामा बढी रकम खर्च गरिएको ठकुल्लाले बताउनु भयो । वडाबाट सँचालीत योजनाको काम गाँपालीकाका अन्य वडाहरु भन्दा सन्तोषजनक भएको वडा अध्यक्ष ठकुल्लाले दाबी गर्नु भएको छ ।

तिमेल्सेनको कुल बजेट ३५ लाखमा सम्पन्न भएका सबै बिकासे योजनामा काम सन्तोषजनकनै रहेको र कतिपय योजनाहरु गाउँपालीकाकै नमुनायोग्य भएको उहाँले उल्लेख गर्नु भयो ।

वडा नम्बर ४ तिमेल्सेनमा आर्थीक बर्ष २०७६÷७७ मा बिनियोजन भएको ४५ लाखमा सबै भन्दा बढी बजेट शिक्षामा केन्द्रित गरिएको वडा अध्यक्ष ठकुल्लाले बताउनु भयो । यसै बिच हामीले वडा अध्यक्ष संग वडाको बजेटका बिषयमा कुराकानी गरेका छौ ।
सुनौ यो कुराकानी  


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस