मदिराको मातमा आफ्नै नेतामाथी हातपात गरे कांगे्रसका प्रदेशसभा सभापतिले

अछाममा नेपाली कांग्रेसका एक कार्यकर्ताले आफ्नै नेतामाथी हातपात गरेका छन ।
अछाम क्षेत्र नं २ प्रदेश क का कांग्रेस सभापति टंक धामीले मदिराको मातमा आफ्नै नेता मदन गीरी तथा यज्ञ प्रसाद ढकालमाथी हातपात गरेका हुन ।
नेपाली कांगे्रसको दोस्रो चरणको जनजागरण अभियान अन्र्तगत हिजो रहफमा कार्यक्रम गरि फर्किने क्रममा दैलेखको टुनिबगरमा मदिरा सेबन गरि धामीले केन्द्रिय प्रतिनिधी गीरी तथा जिल्ला कार्य समितीका सदस्य ढकालमाथी गाली बेईज्जत सहीत हातपात गरेको श्रोतले जानकारी दिएको छ ।
यस बिषयमा थप जानकारीका लागी कांग्रेस अछामका प्रबक्ता बेदप्रकाश तिमिल्सैनासंग बुझ्न खोज्दा उनले आफु कार्यक्रममा सहभागी भएको तर टोली भन्दा अगाडी नै घर फर्की सकेकाले यो बिषयमा आफुलाई केही जानकारी नभएको बताएका छन ।
मदिराको मातमा आफ्नै नेताहरु कुट्ने धामी नेपाली कांग्रस अछाम क्षेत्र नं २ का सचिब समेत रहेका छन ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस