गत आर्थिक बर्ष कालीकामा बिकासे योजनामा केहि नयापन भएको छ :वडा अध्यक्ष(कुराकानी सहित)

दिनेश केशी, रेडियो बान्नीगढी
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालीकामा गत आर्थीक बर्ष करिब सत प्रतिसत बजेट खर्च भएको छ । जनतालाई प्रत्यक्ष रुपमा लाभान्वीत हुने गरि महत्वकांक्षी योजनाहरुमा रकम खर्च गरिएको वडा अध्यक्ष लाल कामीले बताउनु भएको छ । गत आर्थिक बर्षमा कालीकामा शिक्षामा बढी रकम खर्च गरिएको कामलिे बताउनु भयो ।
वडाको बजेटले गौरवमय योजनाका कामहरु गर्न नसकेपनी वडाका सबै बर्गहरुलाई समेटी सानातिना योजनाहरुमा काम सन्तोषजनकनै रहेको र कालीकामा गत आर्थीक बर्षको बजेटमा बिद्यालयमा ज्यानदार बिद्यार्थीलाई छात्रबृती र उत्कृष्ट शिक्षक सम्मानमा बढी रकम खर्च गरेको उहाँले बताउनु भयो ।
कालीकाको कुल बजेट ५५ लाखमा सम्पन्न भएका सबै बिकासे योजनामा काम सन्तोषजनकनै रहेको र कतिपय योजनाहरु गाउँपालीकामै नयाँपन भएको उल्लेख गर्नु भयो । वडा नम्बर ५ कालीकामा आर्थीक बर्ष २०७६÷७७ मा बिनियोजन भएको सबै भन्दा बढी बजेट वडा कार्यालयको भवन मर्मतमा केन्द्रित गरिएको वडा अध्यक्ष कामीले बताउनु भयो ।
यसै बिच आज हामीले वडा अध्यक्ष लाल कामी संग वडाको बजेटका बिषयमा कुराकानी गरेका छौ । सुनौ यो कुराकानी
कुराकानी : लाल कामी
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस