अछाममा जिप दुर्घटना हुँदा ८ जना घाईते

अछाममा जिप दुर्घटना हुँदा ८ जना घाईते भएका छन ।

जिल्लाको मंगलसैनबाट मलाँतिकोट जाँदै गरेको सै १ ज १०९३ नं को बोलेरो जिप अहिले केही समय अघि ठुलासैन नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा घाईते सबैको जिल्ला अस्पताल मंगलसैनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रबक्ता तथा प्रहरी निरक्षक कलेन्द्र शाहीले जानकारी दिनुभयो ।

घाईते सबैको अबस्था सामान्य रहेको उहाँले बताउनुभयो । ईंस्पेक्टर शाहीका अनुसार दुर्घटनाको कारण भने खुखेको छैन । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker