जयगढ मुजावगर जीप भाडामा मनपरि ( कुराकानी )

अनपेक्षीत भाडाले स्थानीय मारमा : महिला अगुवा स्वार

– जयगढ देखी मुजाबगर सम्मको सवारी भाडादर बृद्दि गरिए संगै सर्वसाधारण मारमा पर्न थालेका छन ।

बर्षायाम सुरु हुन पुर्व रू ३ सय रुपैयामा जयगढ देखी मुजाबगर अावत जावत गर्दै अाएका सर्वसाधारण सवारी भाडादर बृद्दि भएपछि मारमा पर्न थालेका हुन ।

स्थानीय महिला अगुवा तथा नेपाली काँग्रेसका महासमिति सदस्य अनुराधा स्वारका अनुसार विगतमा ३ सय भाडादर कायम रहेकोमा हाल जयगढ देखी मुजाबगर सम्मको भाडा रु ५ सय कायम गरिएको छ ।

बर्षायाम सुरु भएसंगै जिपचालकहरुले ३ सयबाट भाडा बढाउदै यात्रुहरुबाट ५ सय रुपैया असुल्ने गरेको उहाको भनाई छ ।

भाडादर करिव दोव्वर बृदि भएपछि उपचारका लागी रामारोशनाट बयालपाटा अाउने सर्वसाधारण बढि मारमा पर्न थालेको स्वारले बताउनुभयो ।

अछाम सार्वजनिक यातायातले अाधीकारीक रुपमा भाडा बृद्दि भएकोबारे कुनै जानकारी भने गराएको छैन ।

सवारी भाडादर अनावश्यक रुपमा बृद्दि हुदा सर्वसाधारण मारमा परिरहेको बारे गाउपालिकालाई जानकारी गराउदा समेत समस्या समाधान भने हुन सकेको छैन ।

यसै बिच अाज हामीले सवारी भाडाबृद्दिका बिषयमा महिला अगुवा तथा काँग्रेस नेतृ अनुराधा स्वारसँग कुराकानी गरेका छौँ । सुनौ यो कुराकानी
कुराकानी : अनुराधा स्वार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker