मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मोटरसाईकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। दाङको घोराही उपमहमानगरपालिका ९ गुकाली डाँडामा शुक्रबार रा४प ७८९३ नम्वरको मोटरसाईकल दुर्घटना हुँदा सोही ठाउँ निवासी २५ बर्षीय मनोज विक र घोराही ५ धर्ना निवासी २५ बर्षीय दिपक विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

राति अन्दाजी ११स्३० बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको उक्त मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते विक दुवै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले बताए।

दुरी देखाउन बनाइएको सिमेन्टको पिल्लरमा ठोकिन गई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।thahakhabar

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker