Techie IT

राष्ट्रिय खेलाडि उत्पादन गर्न स्थानीय सरकारको सहयोग आवश्यक :मुख्य रेफ्रि शाह ( कुराकानी)


दिनेश केशी, रेडियो बान्नीगढी

अछामका मुख्य रेफ्रि तथा मुख्य प्रशिक्ष एकेन्द्र शाहाले अछाममा खेल प्रती पछिल्लो समय नागरीकको आर्कषण बढेपनी खेल क्षेत्रको उचित ब्यावस्थापन हुन नसकेको बताउनुभएको छ ।

खेल प्रती नागरीकको आर्कषण बढेपनी स्थानीय निकाय तथा खेलकुद महासंघले खेलाडीहरुलाई रोजगारीको ब्याबस्था तथा उचित ब्याबस्थापन गर्न सके स्थानीय तहबाटनै राष्टीय स्तरसम्मका खेल खेल्ने खेलाडीहरु उत्पादन हुने उहाँले बताउनु भएकोे हो ।

अछाम भलिबलमा मात्रै नभएर अन्य खेलहरुमा पनि पहिलेदेखिनै अग्रसर रहेको र अँझ खेल क्षेत्रलाई अर्ग स्थान सम्म पुर्याउन बिद्यालय स्तरबाटनै बिभिन्न प्रतियोगीतात्मक कार्यक्रम गर्न सके अछाममा खेल क्षेत्रमा अँझ सुधार आउने प्रशिक्षक शाहाले उल्लेख गर्नु भयो ।

पछिल्लो समय खेल प्रती स्थानीय निकाय वा अन्य निकायले अतिरिक्त क्रियाकलाप सन्चालन गर्न सके वा खेलको लागी केहि योजना बनाउन सके अछामबाटै रामा्र भलिबल खेलाडी उत्पादन गर्न सकिने शाहाले बताउनु भयो ।

बर्दादेबी युवाक्वलबले आयोजना गरेकको भलिबल प्रतियोगीमा मुख्य रेफ्रिको भुमीका गरिरहनु भएका मुख्य प्रशिक्षक तथा रेफ्रि एकेन्द्र शाहा संग पछिल्लो समय अछाममा खेल प्रति नागरीकको आर्कषण केछ भनेर सोधेका छौ ।
कुराकानी : एकेन्द्र शाहा

पालिका स्तरिय भलिवल प्रतियोगीता जयगढमा सुरु 
पालिका स्तरिय भलिवल प्रतियोगीता जयगढमा सुरु भएको छ । बर्दादेवी युवा क्लव जयगढको आयोजनमा पालिका स्तरीय भलिवल प्रतियोगीता शनिवारदेखी सुरु भएको हो ।

युवा क्लवका अध्यक्ष पदम साउदको अध्यक्षतामा भएको उद्घघाटन समारोहमा गाउपालिकाका कार्यवाहक अध्यक्ष नेत्र साउद प्रमुख अथिति रहनु भएको थियो । भने वडा अध्यक्ष कुल बहादुर शेट्टि बिशिष्ट अथिति रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिति कार्यवाहक अध्यक्ष साउँदले स्वस्थ रहनका लागी खेलकुद अपरिहार्य हुनेमा जोड दिनुभयो । बर्षेनी जयगढमा सँचालन हुदै आएको भलिवल प्रतियोगीतालाई निरन्तरता दिदै यस बर्ष पनि भलिवल प्रतियोगीता सँचालन गरिएकोमा कार्यवाहक साउँदले खुसी व्यक्त गर्नु भएको छ । खेलकुद प्रतियोगीतालाई मर्यादित ढँगबाट सम्पन्न गर्न सवैले सहयोग गर्नुपर्ने उहाले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका बिभिन्न वडाका वडा अध्यक्ष जनप्रतिनिधि नेकपाका गाउँपालिका अध्यक्ष तरुण खड्का,नेपाली काँग्रेसका कृष्णराज शर्मा लगायतको सहभागीता रहेको थियो । प्रतियोगीतामा जिल्लाका २३ वटा भलिभल टिमले सहभागीता जनाएका छन । प्रतियोगीतामा प्रथम पुरस्कार ७० हजार १ सय, द्वितिय पुरस्कार ५१हजार ,तृतिय पुरस्कार ३१ हजार र शान्तवना पुरस्कार १० हजारको व्यवस्था गरिएको छ । राकेश साउँदले स्वागत गर्नु भएको उद्धघाट्न समारोहको सँचालन क्लवका सचिव सुन्दर ठकुल्लाले गर्नुभएको थियो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!