तपाइले प्रयोग गरेको मोबाइल नम्बर कसको नाममा दर्ता छ ? यसरी पत्ता लगाउनुस्

नेपाल टेलिकमले छिट्टै नाम दर्ता भएकाे सिम सम्बन्धित व्यक्तिले मात्रै चलाउन पाउने नियम ल्याउन लागेकाे छ ।
तपाईले प्रयोग गरिरहेको मोबाइल अर्कैको नाममा दर्ता त छैन ?
यदी अर्कैको नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गरिरहनुभएको छ भने समयमै आफ्नो नाममा नामसारी गर्नु राम्राे हुनेछ । त्यसका लागि आपश्यक कागजात सहित सम्बन्धित दूरसञ्चार कम्पनीका कार्यालयमा सम्पर्क राख्नुपर्ने हुन्छ ।
नमस्ते पोष्टपेड मोबाइल नम्बर नामसारी गर्नुपर्ने भएमा दुबैजना परिचयपत्र (नागरिकता तथा राहदानी) सहित स्वयम् टेलिकमको कार्यालय पुग्नुपर्ने हुन्छ । यसका लागि ५६५ रुपैयाँ स्वामित्व शूल्क र ११३ रुपैयाँ नामसारी शूल्क लाग्ने नेपाल टेलिकमले जनाएकाे छ ।
कसरी थाहा पाउने ?
नेपाल टेलिकमका लागि scode टाइप गरी १४१५ म्यासेज गरेर तथा एनसेलका लागि *9966# डायल गरी आफूले प्रयोग गरिरहेकाे मोबाइल नम्बर कसको नाममा दर्ता छ थाहा पाउन सकिन्छ ।
सरकारी सेवा विद्युतीय प्रणालीबाट प्रवाह गर्न नागरिक एप तयार भइरहेको छ । त्यसका लागि मोबाइल नम्बरलाई व्यक्तिको पहिचान नम्बरको रुपमा प्रयोग गर्न लागिएको छ । यसले गर्दा अब अर्काको नाममा दर्ता मोबाइल नम्बर चलाउन पाइनेछैन । तपाईले प्रयोग गरिरहेको मोबाइल नम्बर तपाईकै नाममा हुन जरुरी छ ।
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, शिक्षा, सूचना प्रबिधि


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस