जयगढ बिच बजारको पक्कि बाटोका कारण स्थानीयलाई सास्ती (अडियो)

दिनेश केशी,रेडियो बान्नीगढी
बान्नीगढि जयगढ गाउँपालिकाको जयगढ बिच बजारमा निर्माण गरिएको पक्कि बाटोमा पानी जम्न थालेको छ ।
गत आर्थीक बर्षमा गाउँपालिकाले निर्माण गरेको जयगढ बिच बजार पक्कि बाटोमा पानी जम्मा थालेपछि स्थानीयलाई आवत जावतमा असहज हुन थालको छ भने व्यापारीलाई समेत कठिनाई भईरहेको छ ।
स्थानीय सर्वसाधारण र व्यापारीलाई हिडडुल गर्न सहज होस भन्ने उदेश्यले निर्माण गरिएको पक्कि बाटो उचित ढँगबाट निर्माण नगरिदा पानी जम्न थालेपछि स्थानीयलाइ हिडडुल गर्न कठिनाई हुन थालेको हो।
बान्नीगढी जयगढको केन्द्र बिन्दुमा रहेको ४० लाखको लागतमा निर्माण गरिएको बिच बजारको पक्की सडकमै पानी जम्ने तथा हिलाम्य हुन थालेपछी समस्या भईरहेको स्थानीय ब्यापारी डम्बर बोहोराले बताउनुभयो ।
हिलाम्य बाटोका कारण समस्या भईरहेका बिषयमा गाउँपालिकामा जानकारी गराउदा समेत कुनै सुनुवाई नभएको उहाको भनाई छ ।
बाईटः डम्बर बोहोरा
बिच बजारको सडकमा जमेको पानीले ब्यासायी सन्चालनमा निकै धक्का पुगेको र पारदर्शी रुपमा काम सम्पन्न नगरिदा यस्तो समस्या आएको लक्ष्मण कुंवरले बताउनु भयो । गाउँपालीकाका जनप्रतिनिधिनै दिनानु दिन यही बाटोमा आवत जावत गर्ने भएपनि कुनै वास्तानै नगरेको उहाँले उल्लेख गर्नु भयो ।
वाईटःलक्ष्मण कुँवर
पक्की सडकका खाल्डाखुल्डीमा जमेको पानीका कारण अहिले आपसी बिबाद सिर्जना हुन थालेको ब्यावसायी मोतीसरा साउँदले आक्रोस पोख्नु भयो । खाल्डाको पानी निकासा गर्ने समेत उचित ठाउँ नहुदा पानी एक ठाउँबाट अर्को ठाउँमा फाल्न खोज्दा एकआपसमा झगडा समेत भईरहदा समेत गाउपालिकाले सुनुवाई नगरेकोमा उहाँले गाउँपालीप्रती आक्रोस पोख्नु भएको छ ।
बाईटः मोतीसरा साउँद
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस