Techie IT

बृहत सरसफाई कार्यक्रम सम्पन्न


“हाम्रो सम्पदा : हाम्रो दायित्व” भन्ने मुल नाराका साथ राष्ट्रिय युवा सम्मेलन २०१९ मा घोषणा भए अनुरुप नेपाल युवा परिषदले विश्व पर्यटन दिवसको अवसरमा राष्ट्रव्यापि बृहत सरसफाई कार्यक्रम नेपालका सातै प्रदेश वा ७७ वटै जिल्लामा सम्पन्न गरेको छ ।

विश्वमा वातावरण प्रदुषण सम्बधिका विभिन्न कार्यक्रमहरु चलिरहेका बेला नेपालमा पनि यसका असर र हामी नागरिकको दायित्वलाई मध्यनजर राखि राष्ट्रव्यापि सरसफाई कार्यक्रमको थालनि गरिएको हो ।

सम्भवत नेपालमा यो किसिमको ७७ वटै जिल्लामा एकै समयमा,एकै ढाँचा अनुसार थालनि गरेको पहिलो कार्यक्रम यो नै हो,जुन एउटा गैर सरकारी,गैर नाफामुलक संस्थाले सफल पारेको छ ।

देश भरीमा करिब ५००० भन्दा बढिको सहभागिताबाट उक्तm कार्यक्रम सफल भएको छ ।

जसमा विभिन्न सरकारि तथा गैरकारी निकाय सँगको समन्नय र सहकार्य अनुरुप युवा जनशक्तिm लगाएतलाई समाज रुपान्त्रणको जिम्मेवार निकायका रुपमा जनचेतना बढाउन आआफ्नो क्षेत्रबाट सबैले महत्वपुर्ण भुमिका निवार्ह गर्नु भएको छ ।

यस बृहत सरसफाई कार्यक्रममा प्रत्येक जिल्लामा एक एक वटा सम्पदालाई सरसफाई गरिएको छ । उक्तm कार्यक्रमको जिम्मा राष्ट्रिय युवा सम्मेलन २०१९ मा सहभागि भएका युवा साथिहरुले गर्नु भएको थियो ।

सरसफाई सम्बधिका कार्यक्रमहरुलाई थप उपलब्धि मुलक बनाउन र नेपाललाई एक सुन्दर र विश्व जगतमा पर्यटकिय देशका रुपमा स्थापित गर्न आजका युवाहरुको महत्वपुर्ण भुमिका रहन्छ ।

त्यसैले आगामि दिनमा सहकार्य, समन्वय गर्न सरकारी तथा गैरसरकारी निकायहरुले पहल कदमि चाल्न कत्ति पनि ढिलो गर्नु हुदैन । तब मात्र नेपालले राखेको सुखि नेपालि समृद्ध नेपालको बृहत अभियानलाई टेवा पुग्ने छ । जय युवा


क्याटेगोरी : मुख्य समाचार, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस