अछाममा एक बर्षमा १७ सय ९४ जनाले गर्भपतन गराए

बयालपाटा अस्पतालमा मात्र ६ सय ९९ जनाको गर्भपतन

पूर्णबहादुर खड्का
अछाममा जिल्लामा गत आर्थिक बर्षमा १७ सय ९४ जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन् । स्वास्थ्य कार्यालय अछामको तथ्यांक अनुसार आर्थिक बर्ष २०७५÷०७६ मा १७ सय ९४ जनाले गर्भपतनको सेवा लिएका हुन । औषधी तथा औजार मार्फत निशुल्क रुपमा सेवा लिएका स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताउनु भयो । जिल्लामा दुई अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्र तथा ११ वटा स्वास्थ्य संस्था मार्फत सुरक्षित गर्भपतन सेवा निशुल्क रुपमा संचालन भईरहेको उहाँले बताउनु भयो ।

स्वास्थ्य कार्यालय अछामबाट एक सय ८० जनाले सेवा लि भने बयालपाटा अस्पतालमा मात्र ६ सय ९९ जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन् । जसमा ५ सय १० जनाको औषधी मार्फत भने २६ जनाको औजार मार्फत सुरक्षित गर्भपतन गरिएको न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताउनु भयो । यस्तै बाहरिबाट गर्भपतन अपूर्ण भएर आएका १ सय ६३ जनाले पनि बयालपाटा अस्पतालबाट सेवा लिएका उहाँको भनाई छ । सेवा लिईसकेका मध्ये ९६ प्रतिशितले हाल आएर अस्थायी साधनको प्रयोग गरिहेका आईपास नेपालका उपेन्द्र कुवँरले जानकारी दिनुभयो ।

“अबको गन्तव्य असुरक्षित गर्भपतनको अन्त्य” भन्ने नाराका साथ आज जिल्लामा मनाइएको सुरक्षित गर्भपतन सेवा दिवस २०७६ को अवसरमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।

स्वास्थ्य कार्यालय अछामको समन्वय, आईपास नेपालको प्राबिधिक सहयोग तथा न्याय हेल्थ नेपालको आयोजनामा पाँचौँ सुरक्षित गर्भपतन सेवा दिवस २०७६ आज बयालपाटा असपतालमा र स्वास्थ्य कार्यालय मंगलसेनमा पनि मनाईएको छ । कार्यक्रममा असुरक्षित गर्भपत रोक्न र कानुनी अवस्था लगायतका बारेमा जानकारी गराईएको थियो । यस्तै यो दिवस आज देशभर पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
स्वास्थ्य सेवा दिर्नेशक डाक्टर गौचनले पछिल्लो समयमा महिलाहरुमा सुरक्षित रुपमा गर्भपतन सेवा गराउनु पर्छ भन्ने मानसिकताको विकास भएको बताउनु भयो । पहिले धेरै महिला दिबिहिनीहरुले घुरेलु जडिबुटी लगायतका विभिन्न असुरक्षित बिधि अपनाएर गर्भपतन गराउने जसले गर्दा स्वास्थ्यमा समस्या आउने र थप उपचार हुन नपाँउदा धेरैको अकालमा ज्यान गएको बताउनु भयो ।
यस्तै सामुदायिक स्वास्थ्य कार्यकर्ता पवन पाण्डेले समुदायमा स्वास्थ्य कार्यकर्ताले सुरक्षित गर्भपतन सेवा सम्बन्धी सुझाब सल्लाह र चेतना फैलाउने काम गरिरहेका बताउनु भयो ।

यस्तै अस्पतालका सिनियर अनमी गौरी सुनारले पहिले गाँउघरका चेतनाको अभावले असुरक्षित गर्भपतनका कारण धेरै महिलाले अकालमै ज्यान गुमाएको स्मरण गर्दै अहिले त्यस्तो अवस्था नहरेको बताउनु भयो । आफुले सुरक्षित गर्भपतन सम्बनधी तालिम लिईसकेपछि धेरै महिलाको ज्यान बचाउनुका साथै गर्भपतन सम्बन्धी चेतना फैलाउने काम गरेको उहाँको अनुभव छ ।

परिवार नियोजनका स्थायी तथा अस्थाई साधनको प्रयोग गरेमा गर्भपतनको समस्या कम हुने स्वास्थ्कर्मीहरुको सुझाब छ । परिवार नियोजनको पहुँच जिल्लाका विकट ठाँउमा पनि पुर्याउनुपर्नेमा समेत जोड छ । आईपासको प्राविधिक सहयोग तथा स्वास्थ्य कार्यालय अछामको सहयोगमा जिल्लामा कार्यक्रम प्रभावकारी बन्दै गएको आईपास नेपालका अछाम संयोजक उपेन्द्र कुवँरको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker