Techie IT

सहायक हवल्दार घुस रकमसहित रंगेहात पक्राउ


 

पश्चिम नवलपरासीको सशस्त्र प्रहरी बेस क्याम्प सेमरीमा कार्यरत् सहायक हवल्दार घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सहायक प्रहरी हवल्दार ज्ञानेन्द्र मौर्यलाई सात हजार रुपैयाँ घुस रकमसहित शुक्रबार पक्राउ गरेको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए । भारतबाट घरायसी सामान लिएर फर्कंर्दै गरेका एक व्यक्तिसँग प्रतापपुर गाउँपालिका–२ को एक किराना पसलमा पुगेर रकम लिँदै गर्दा मौर्य पक्राउ परेको उनले बताए ।

चाडपर्वको समयमा भारतबाट घरायसी सामान लिएर फर्कंर्दै गरेका सर्वसाधारणलाई रकम नदिए सामान चलान गर्ने भन्दै मौर्यले धम्काउने गरेको स्थानीयको आरोप छ । पक्राउ परेका उनीमाथि आयोगले थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।dineshkhabar


क्याटेगोरी : मुख्य समाचार, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस