रक्सीले मातेका मालपोत कार्यालय प्रमुख प्रहरीको नियन्त्रणमा

कार्यालय समयमा रक्सी पिएर मातेका मालपोत कार्यालय महोत्तरीका प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मालपोत प्रमुख भुपबहादुर बोगटीलाई प्रहरीले शुक्रबार दिउँसो कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।
कार्यालय समयमा कार्यालय प्रमुख बोगटी रक्सी पिएर मातेको देखेपछि सेवाग्राहीले प्रहरीलाई खबर गरेका थिए । सेवाग्राहीको सूचनापछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट गएको प्रहरी टोलीले प्रमुख बोगटीलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेका कार्यालय प्रमुख बोगटीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको उपरीक्षक अधिकारीको भनाइ छ ।ujyaloonline
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस