नेकपा अछामका इन्चार्जहरुको नामावली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अछामको स्थानिय तहको इन्चार्ज प्रकृयाको टुंगो लागेको छ । नेकपा जिल्ला कमिटी अछामको असोज 10 गते देखि शुरू भएको बैठकले आज जिल्लाका १० वटै स्थानिय तहमा इन्चार्जको टुंगो लगाएको हो ।

१० वटै इन्चार्जको नामावली यसप्रकार छ ।

मंगलसेन – चन्द्र बहादुर बोहरा
साँफेबगर – शिब बहादुर कुँवर
कमलबजार – बल बहादुर कुँवर
पञ्चदेवल बिनायक – राम बहादुर बि क
तुर्माखाँद – पदम बुढा
ढकारी – नवराज साउद
रामारोशन – पहल साउद
बान्निगढी जयगढ – लोकेन्द्र साउद
मेल्लेख – हिरण्ड भट्टराई
चौरपाटी – राम बहादुर थापा

यस्तै आजको जिल्ला कमिटी बैठकले जिल्ला सचिबालय कमिटिको पनि टुंगो लगाएको छ । बैठकले ४९ सदस्यीय जिल्ला सचिवालय गठन गरेको हो ।

यस्तै बैठकले जिल्ला कार्यालय सचिवमा नमराज न्यौपाने र सह-सचिवमा शिब बहादुर बोगटीलाई नियुक्त गरिएको छ र १० वटै नगर/गाउ पालिका कमिटी अध्यक्ष र सचिवको सपथ ग्रहण समेत गरिएको छ ।
१० वटै स्थानिय तहका कमिटीका सदस्यहरूको सपथ ग्रहण कार्यक्रमको मिति तपशिल अनुसार तय गरेको छ ।
मंगलसेन – असोज ११ बिहान १२ बजे
पञ्चदेवल बिनायक – असोज १२ गते बिहान १० बजे
कमलबजार – असोज १२ गते दिउसो २: 30 बजे
तुर्माखाँद – असोज १३ गते बिहान ११ बजे
ढकारी – असोज १३ गते दिउसो २:30 बजे
रामारोशन – असोज १४ गते बिहान ११ बजे
बान्निगढी जयगढ – असोज १४ गते दिउसो २:30 बजे
चौरपाटी – असोज १५ गते बिहान ११ बजे
साँफेबगर – असोज १५ गते दिउसो २:30 बजे
मेल्लेख – असोज १६ गते बिहान ११ बजे का लागि तय गरिएको पार्टिका जिल्ला कार्यलय सचिब नमराज न्यौपानेले जानकारी दिनुभयो ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker