रेडियो बान्निगढीलाई उपहार प्राप्त

रेडियो बान्निगढी एफ एम ९३.४ मेगाहर्जले उपहार प्राप्त गरेको छ । बान्निगढी जयगढ गाँउालिका वडा नं ४ तिमिल्सैन टुडेगडा निबाशी बालबिजय ठकुल्लाले आफ्ना स्वर्गीय दाजु उद्धबसिंङ ठकुल्लाको सम्झनामा रेडियोलाई उपहार प्रदान गर्नुभएको हो ।

गत साउन ३१ ग्ते भारतको वापीमा गाडीको ठक्करबाट निधन भएका ठकुल्लाको ४५ औँ दिनको पुण्यतिथीको अबशरमा आज उनका कान्छा भाई उद्धबले रेडियोलाई एउटा फलामको कुर्ची हस्तान्त्रण गर्नुभएको हो ।

रेडियो बान्न्गिढीले सामाजिक सद्भाब कायम गर्न तथा सत्यतथ्य सुचना प्रबाह गर्न निकै महत्वपुर्ण कार्य गरेकाले उपहार हस्तान्त्रण गरेको उहाँले उल्लेख गर्नुभयो ।

ठकुल्ला पछिल्लो समय परोपकारी तथा समाजिक कार्यमा अग्रसर बन्नुभएको छ । यसअघि उहाँले रेडियो बान्निगढीले संञ्चालन गरेको मृगौला पिडीत श्याम रावल बचाउ भभियानमा पनि आर्थिक रकम सहयोग गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker