नेकपाको एकताबाट कांग्रेस त्रसित भएको नेकपा केन्द्रिय सदस्य स्वारको भनाई

नेपाल कम्युनिष्ट नेकपाका केन्द्रिय सदस्य तथा नेकपा अछामका ईन्चार्ज तारामान स्वारले नेपालि कांग्रेस नेकपाको एकता देखेर त्रसित भएको बताउनुभएको छ । पछिल्लो समय नेकपाले जनताको बिश्वास जितेर जनप्रिय बन्दै गएपछि कांग्रेस आत्तिएको उहाले उल्लेख गर्नुभयो ।

आज नेकपा बान्निगढी जयगढ गाँउपालिका कमिटीकाे  सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै उहाँले सो कुरा उल्लेख गर्नुभएको हो ।

कार्यक्रमका अतिथी नेकपा केन्द्रिय सदस्य तथा जिल्ला सह ईन्चार्ज सरदसिंग भण्डारीले नेपाल कम्युनिष्ट पार्टीका काकर्यकर्ताहरुले अनुशासनलाई शिरोपर गरेर अगाडि बढ्नु पर्ने बताउनु भएको छ ।

कम्युनिष्टको सबैभन्दा ठुलो र महत्वपुर्ण सिद्धान्त नै अनुशासन भएकाले त्यसलाई नर्बिशन उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।
पछिल्लो समय कम्युनिष्ट कार्यकर्ता तथा नेतामा अनुशासनको खडेरी बढ्दै गएकाले अब त्यसको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभएको हो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष शेर बहादुर कुँवर , सचिब झपट साँउद , जिल्ला कमिटी सचिबालय सदस्य तथा बान्निगढी जयगढ गाउपालिका कमिटी ईन्चार्ज लोक बहादुर साँउद , सचिबालय सदस्य जगत रावल जिल्ला सदस्य डबल ठकुल्ला , नवराज साउद हिक्मत खड्का नरेन्द्र साँउद ,निर्मला साँउद , निर्मला रावल , कृष्ण कडाएत जिल्ला पार्टी कार्यलय सचिब नमराज न्यौपाने लगाएतको सहभागीता रहेको थियो । कार्यक्रममा नबनिर्बाचित गाँउपालिका कमिटीको सपथ गराईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker