महराद्धारा अर्को राजीनामा पत्र ,प्रतिनिधिसभाको सभामुख पद खाली

संसद सचिवालयकी एक कर्मचारीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि गम्भीर विवादमा तानिएका सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा हिजो सशर्त राजीनामा दिएको कानुनत नमिलेको बताइए पछि आज अर्को राजीनामा पत्र बुझाएका छन्।
आइतवार राति संसद सचिवालयकै कर्मचारी रोशनी शाहीले आफूमाथि यौनहिंसा गरेको आरोप लागेपछि महराले मंगलबार शर्तसहित सभामुखबाट राजीनामा दिएका थिए। उनले छानविन नसिकएसम्मका लागि भन्दै मंगलबार दिएको राजीनामा पत्र बुझाएपछि आज बुधबार अर्को पनि राजीनामा पत्र बुझाएका हुन्।
महराले सभामुखबाट दिएको राजीनामाको व्यहोरा सच्च्याएर दोस्रो पत्र बुझाएका हुन्। पहिलो राजीनामामा शर्त राखेका उनले दोस्रो राजीनामामा शर्त हटाएपछि संसद सचिवालयले उनको पद रिक्त भएको सूचना सार्वजनिक गरेको छ।
सचिवालयले आफ्नो वेबसाइटबाट महराको फोटो पनि हटाएको छ। सुरुमा बुझाएको राजीनामामा छानबिन प्रक्रिया पूरा नभएसम्मका लागि भन्ने शब्द थियो भने पछिल्लो राजीनामामा उक्त शब्द हटाएर महराले बुझाएका हुन्। पछिल्लो राजीनामा पत्रअनुसार नै संसद सचिवालयले उपसभामुखको निर्देशनमा सभामुख पद खाली भएको सूचना जारी गरेको हो।thahakhabar
क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस