कम्युनिष्टको सबैभन्दा महत्वपुर्ण सिद्धान्त नै अनुशासन हाे : गाँउ कमिटी ईन्चार्ज साँउद

नेपाल कम्युनिष्ट पार्टी बान्निगढी जयगढ गााँउपालिका कमिटी ईन्चार्ज लोक बहादुर साउदले पार्टीका काकर्यकर्ताहरुले अनुशासनलाई शिरोपर गरेर अगाडि बढ्नु पर्ने बताउनु भएको छ ।
कम्युनिष्टको सबैभन्दा ठुलो र महत्वपुर्ण सिद्धान्त नै अनुशासन भएकाले त्यसलाई हरक्षण आत्मसाथ गर्न उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो । पछिल्लो समय कम्युनिष्ट कार्यकर्ता तथा नेतामा अनुशासनको खडेरी बढ्दै गएकाले अब त्यसको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभएको हो ।
नेकपा बान्निगढी जयगढ गाँउपालिका वडा नं ५ को वडा कमिटीको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथीको रुपमा उहाँले सो कुरा उल्लेख गर्नुभएको हो । पार्टीलाई बलियो र शशक्त र बनाउन आफुले कुनै पनि कसुर बाकी नराख्ने प्रतिबद्धता समेत उहाँले ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा जिल्ला कमिटी सचिबालय सदस्य जगत रावल , जिल्ला कमिटी सदस्य नवराज साँउद , निर्मला रावल , निर्मला साँउद बान्निगढी जयगढ गाँउपालिका कमिटी अध्यक्ष तरुण खड्का सचिब जगत थापा लगाएतको सहभागीता रहेको स्वबचन साँउदले जानकारी दिनुभयो ।
क्याटेगोरी : मुख्य समाचार, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस