अछामका न्यायिक समितिहरु निस्क्रिय ( यसो भन्छन न्यायिक समिती संयोजक )

अछामका न्यायिक समितीहरु निस्क्रिय देखिएका छन । जिल्लाका दश वटै स्थानिय तहका न्यायिक समितीहरु जनअपेक्षा अनुसारका क्रियाकलाप गर्न नसक्दा निस्क्रिय देखिएका हुन ।
स्थानीय तहको निर्वाचनपछि नागरिकलाई स्थानीय स्तरमै न्याय दिलाउने उद्धेश्यले संविधानमै न्यायिक समिति रहने भनी व्यवस्था गरिएको छ । तर, तिनै न्यायिक समितिहरु आफ्नै काममा अलमलमा परेका कारण नागरिकहरुले यसको सिधा फाइदा उठाउन सकेका छैनन् ।
न्यायिक समितीले गर्ने काम कार्बाहीको बारे नागरिकलाई प्रष्ट बुझाउन नसक्दा पनि न्यायिक समितीप्रतिे मोह नबढेको सहजै अनुमान गर्न सकिन्छ । अछाममा १० वटै स्थानीय तहहरुममा न्यायिक समिती गठन गरिसकिएका छन । तर अधिकांस न्यायिक समिति सक्रिय नरहेको ब्यापक जनगुनासो बढ्न थालेको छ ।
स्थानीय तहले न्यायिक समिति बनेको तथा उक्त समितिले नागरिकलाई गर्न सक्ने सहयोगका बिषयमा नागरिकलाई बुझाउन नसक्दा गठन भएका समितिहरु निष्कृय देखिएका हुन् । जसका कारण घरगाउँमै मिलान गर्न सकिने मुद्धाहरु अहिले पनि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा जाने गरेका छन् ।
यता जिल्लाको बान्निगढी जयगढ गाँउपालिकाका न्यायिक समिती संयोजक लोक बहादुर साउदले भने न्यायिक समितीमा आएका मुद्धा न्यायिक समितीले नै मिलाउने गरेको दाबी गर्नुभएको छ । उहाँले अहिले सम्म न्यायिक समितीमा आएका एक दुई मुद्धा बाहेक सबै मुद्धा आफुले मिलाएको दाबी गर्नुभयो ।
यसैबिच आज हामीले न्यायिक समिती निस्क्रियताका बिषयमा बान्निगढी जयगढ गाँउपालिकाका उपाध्यक्ष तथा न्यायिक समिती संयोजक लोक बहादुर साँउदसंग कुराकानि रेका छौँ । कुराकानिको शुरुमा उहाँलाई हामीले बान्निगढी जयगढ गाउपालिकाको न्यायिक समितीमा मुद्धा आउने र मिलाउने क्रम के कस्तो भनेर सोधेका छौँ ।
क्याटेगोरी : मुख्य समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस