सदा झै यस बर्ष पनि तिमिल्सैनमा सैनीगडा मेला लाग्ने

सदा झै यस बर्ष पनि तिमिल्सैना सैनीगडा मेला लाग्ने भएको छ । कोर्जागत पुर्णीमाका लाग्ने सैनीगडा मेला यस बर्ष पनि लाग्ने भएको हो ।
यसै बिच सैनीगडा मेलालाई सभ्य रुपमा सम्पन्न गर्न तिमिल्सैनमा सर्वपक्षीय वैठक सम्पन्न भएको छ ।
वडा अध्यक्ष कर्ण ठकुल्लाको अध्यक्षतामा सम्पन्न बैठकबाट मेलालाई व्यवस्थीत रुपमा सम्पन्न गर्न दान बहादुर ठकुल्लाको अध्यक्षतामा १९ सदस्यीय मेला व्यवस्थापन समिति गठन गरिएको छ ।
मेला अन्तर्गत रागा तथा बोकाको बलि महायज्ञस्थलबाट २०० मिटर टाढा मात्र दिन पाईने निर्णय गरिएको छ ।साथै मेलामा मदिरा सेवन र बेचबिखनमा पुर्ण रुपमा रोक लगाईएको वडा अध्यक्ष कर्ण ठकुल्लाले बताउनुभयो ।
मदिरा सेवन तथा बेचबिखन गरेमा सेवन गर्नेलाई २५ सय र बेच बिखन गर्नेलाई ५ हजार जरिवाना गरिने अध्यक्ष ठकुल्लाले जानकारी दिनुभयो ।
यसैबिच मेलाको पछिल्लो दिन असोज २७ गते देउडा तथा न्याउलेखेल संचालन गरिने भएको छ । स्थानीय कलाकारको उपस्थीतीमा न्याउले तथा देउडा खेल संचालन गरीने वडा अध्यक्ष ठकुल्लाले बताउनु भयो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस