अछाममा मोटरसाईकलको ठक्करबाट १ बालक घाईते ।

अछाममा मोटरसाईलको ठक्कर बाट एक बालक घाईते भएका छन ।
से ६ प २६७७ नम्बरको मोटरसाईकलले ठक्कर दिदा बान्निगढि जयगढ गाउपालका वडा न ५ कालिका निवासी ४ बर्षिय बालक बियोन ताम्राकार घाईते भएका हुन ।
दशै खान बर्दादेवी मामा घर अाएका बालकको बाईकले ठक्कर दिदा टाउको र मुखमा गम्भिर चोट लागेको बालकका अाफन्तले बताएका छन ।
गाउपालिकाको वडा न ३ बसौटी देवलबजार नजिककै मोटरसाईकलले ठक्कर दिएर बालकलाई घाईते बनाएको हो ।
बालकको अहिले बयालपाटा अस्पतालमा उपचार भईरहेको छ ।