विवाह वर्षगाँठको खर्च कला संस्कृतिको संरक्षणमा

तपेन्द्र कुँवर
पछिल्लो समय जन्मदिन, विवाह वर्षगाँठ, विवाह लगायतका कार्यक्रमहरुमा फजुल खर्च गर्ने, तडक–भडक देखाउने प्रचलन बढ्दो छ । तर, त्यस्ता कार्यमा गरिने फजुल खर्चलाई सामाजिक कार्यमा खर्च गर्नेहरु पनि समाजमा प्रशस्तै भेटिन थालेका छन् ।
यसै क्रममा अछाम गजल मंचका पूर्व अध्यक्ष हिमाल उदासी र धर्मपत्नी सुनिता रावलले छैठौं वर्षगाँठमा हुने फजुल खर्च अछामको कला संस्कृतिको संरक्षण तथा सम्वद्र्धनको लागि अक्षय कोषको स्थापना गरेका छन् ।
पाँच वर्ष अघि अछाम गजल मंचको आयोजनामा भएको गजल महोत्सवमा एक चिम्टी सिदुरले वैवाहिक वन्धनमा वाँधिएका कुँवर दम्पतीले छैठौ वर्षगाँठमा भने कला साहित्य संस्कृति संरक्षणमा क्रियासिल अछाम गजल मंच अछामको नाममा ५० हजार राशीको अक्षय कोषको स्थापना गरेका छन् ।
अक्षय कोषबाट जिल्लाको कला साहित्यको क्षेत्रमा महत्तवपूर्ण योगदान पु¥याउने स्रष्टा, सर्जक र कृतिलाइ प्रत्येक बर्ष नगद पुरुस्कार सहित सम्मान गरिने उदासिको भनाई रहेको छ ।
वैवाहिक वन्धनमा वाँधिएको पाँच वर्ष पुरा भएकोमा ५० हजार राशीको अक्षय कोषको घोषणा गर्न पाउँदा खुसी तुल्याएको सामाजिक सञ्जाल फेसवुकमा उदासिले लेख्नुभएको छ ।
जून संस्थाले आयोजना गरेको कार्यक्रमको मंचबाट हामी औपचारिक रुपमा एक भएका थियौं, आज त्यही संस्थामार्फत जिल्लाको कला साहित्यको क्षेत्रको विकासको लागि अक्षय कोषको स्थापना गर्न पाउँदा खुसी लागेको उहाँले लेख्नुभएको छ ।
स्रोत :- रेडियो जनप्रिय ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस