कांग्रेस बिकृतिमा अग्रसर देखियो :नेकपा बान्निगढी जयगढ ईन्चार्ज साँउद

नेपाल कम्युनिष्ट पार्टी नेकपाका बान्निगढी जयगढ ईन्चार्ज लोक बहादुर साँउदले कांग्रेस बिकृतिमा अग्रसर देखिएको बताउनुभएको छ ।
गाँउसमाजमा हुने प्राय बिकृतिमा प्रत्यक्ष वा अप्रत्यक्ष कांग्रेसको संलग्नता देखिने गरेको उहाँले आरोप लगाउनु भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा बान्निगढी जयगढ गाउपालिका कमिटीले जयगढमा आयोजना गरेको दशैँ तिहारको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै उहाँले सो कुरा उल्लेख गर्नुभएको हो ।
उहाँले पछिल्लो समय नेकपामा देखिएको गुट तथा उपगुट अन्त्य गर्न सबै कार्यक्रर्ताले एकमुठ भएर लाग्नुपर्ने पनि उल्लेख गर्नुभएको छ । अहिले पनि तत्कालिन एमाले र माओबादी भन्ने कुरा आईरहेकाले यसो नगर्न सम्पुर्ण कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटी सदस्य हिक्मत खड्का , निर्मला रावल ,निर्मला साँउद शिक्षक संगठनका नैन शाह , नगरकमिटी अध्यक्ष तरुण खड्का सचिब जगत थापा पार्टीका बरिष्ट कार्यकर्ता मोहन ताम्राकार लगाएतको सहभागीता रहेको थियो । यसैबिच नेपाल कम्युनिष्ट पार्टी नेकपा बान्निगढी जयगढ गाँउपालिका वडा नं ३ वडा कमिटीको सपथ ग्रहण कार्यक्रम पनि आजै सम्पन्न भएको खबर प्राप्त भएको छ ।