कमसल मदिरा नियन्त्रणमा गाँउपालिका अध्यक्ष नै प्रमुख बाधक : उपाध्यक्ष साँउद ( कुराकानि सहित )

बान्निगढी जयगढ गाँउपालिकाका उपाध्यक्ष लोक बहादुर साँउदले गाँउपालिका भित्रको कमसल मदिरा नियन्त्रण गर्नमा गाउपालिका अध्यक्ष नै प्रमुख बाधक बनेको बताउनुभएको छ ।
आफुले पटक पटक गुणस्तरहिन मदिरा नियन्त्रण गर्नुपर्ने कडा प्रस्ताब अघि सार्दा पनि गाँउपालिका अध्यक्षले बहुमतको आडमा आफ्नो प्रस्ताबलाई लत्याएर अघि बढ्ने गरेको उहाँले गुनासो गर्नुभयो ।
अध्यक्ष खड्का आफै पनि कमसल तथा गुणस्तरहिन मदिरा बिक्रिबितरण गरिरहेकाले पनि नियन्त्रणमा कुनै चासो नदिएको उहाँले ठोकुवा गर्नुभयो । मानब स्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल असर पार्ने तथा समाजमा बिकृति फैलाउने प्रमुख कारक मदिरा नियन्त्रणमा गाँउपालिका अध्यक्ष जस्तो जिम्मेवार ब्याक्ती बिपक्षमा उभिनु निकै दुखपुर्ण कुरा भएको समेत उहाँले गुनासो गर्नुभयो ।
अछामका अरु सबै स्थानिय तहमा कमसल तथा गुणस्तरहिन मदिरा बिक्रिबितरणमा प्रतिबन्ध लगाईए पनि बान्निगढी जयगढ गाँउपालिकामा खुल्याम बिक्रिबितरण भईरहदाँ आफुलाई लज्जा बोद हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।
यसैबिच हामीले यसैबिषयमा बान्निगढी जयगढ गाँउपालिकाका उपाध्यक्ष लोक बहादुर साँउदसंग कुराकानि गरेका छौँ ।
कुराकानि लोक बहादुर साँउद ……।