Techie IT

हात धुने कुरामा लापरबाही नगर्न जनस्वास्थ्य अधिकृत ढुंगानाको आग्रह


जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाले हात धुने कुरामा लापरबाही नगर्न आग्रह गर्नुभएको छ ।

धेरैजसो सरुवा रोग हात नधोएकै कारण लाग्ने भएकाले हात धुने कुरालाई निकै महत्वका साथ हेर्नुपर्ने उहाँले बताउनुभयो । खाना पकाउनु अघी , खाना खाए पछि , सौचालय गएपछि , बच्चाको दिशा धोएपछि र केही काम गरेछि अनिबार्य रुपमा साबुन पानिले मिचीमिची हात धुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

हात धुदा गरिने लापरबाहीले झाडापखाला , आउ , हैजा , टाईफाईट , हेपटाईटीस जस्ता रोगले आक्रमण गर्ने उहाँले बताउनुभयो । प्रत्यक मानिसले हात धुनुपर्नेबेलामा हात धोईदिए मात्रै सरुवा रोगको जोखिम आधा गर्न सकिने अधिकृत ढुंगानाले उल्लेख गर्नुभयो । अहिले जिल्ला अस्पताल अछाममा अधिकांस हात नधोएर लाग्ने रोगका बिरामी आउने गरेको पनि उहाँले बताउनुभयो ।


क्याटेगोरी : मुख्य समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस