राष्ट्रपति भण्डारी आज म्यानमार जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार म्यानमार जानुहुने भएको छ । म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान साढे १० बजे म्यानमार जाने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार राजकीय भ्रमणमा जाने राष्ट्रपति भण्डारीले म्यानमारमा समकक्षी मिन्टसँग दुईपक्षीय वार्ता गर्नुहुनेछ । उहाँले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्ने कार्यक्रम छ । उहाँले पिङ ओ लिङमा रहेका नेपालीभाषीसँग पनि भेट्ने कार्यक्रम रहेको बताईएको छ ।
राष्टपति भण्डारीले बगानमा युनेस्को विश्वसम्पदा क्षेत्र, पूर्वराजधानी सहर यंगुनका ऐतिहासिक र सांस्कृतिक महत्वका ठाउँका पनि भ्रमण गर्ने तयारी छ । उहाँ म्यानमारबाटै जापान पनि जाने तयारी छ । जापानका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा पनि राष्ट्रपति भण्डारी उपस्थित हुने बताईएको छ । दुई देशको भ्रमण सकेर राष्ट्रपति भण्डारी कार्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम तय गरिएको छ ।
क्याटेगोरी : मुख्य समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस