Techie IT

दुई युवा किन परे पक्राउ


नेपाल प्रहरीले चार किलोग्राम चरेससहित दुई युवालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले अवैधरूपमा चरेस बोकेर हिँडिरहेका जाजरकोटका २३ वर्षीय भुवन बुढामगर र २८ वर्षीय नवीनप्रकाश पुनलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । 

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले झोलामा चरेस बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई गोङ्गबुबाट पक्राउ गरिएको जानकारी दिए ।

“चरेस बेचबिखन गर्न हिँडेको भन्ने अनुसन्धानमा खुल्न आएको छ”, उनले भने ।

पक्राउ परेका दुवैलाई लागुऔषध ऐन, २०३३ अन्तर्गत मुद्दा चलाइने वृत्तले जनाएको छ ।


क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, रोचक, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!