Techie IT

गायक दुर्गेश थापा प्रहरी हिरासतमा


मोडल तथा गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । तिहारलाई मध्यनजर गर्दै थापाले निकालेको गीतमा राखिएको शब्द विवादमा तानिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा उजुरी परेपछि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो ।

थापालाई बालाजुबाट नियन्त्रणमा लिएर अहिले महाशाखामा ल्याइएको माहाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

दुर्गेशले तिहारलाई मध्यनजर गर्दै सार्वजनिक गरेको गीतले समाज भड्किलो बनाउने भन्दै उजुरी परेको थियो । उनले सार्वजनिक गरेको गीत युट्युबबाट हटाए छाड्न सक्ने पनि जनाएको छ ।ujyaloonline


क्याटेगोरी : मुख्य समाचार, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!