बान्निगढी जयगढ बासीकाे ठुलो दुश्मन मदिरा छ : उपाध्यक्ष साँउद

बान्निगढी जयगढ गाँउपालिकाका उपाध्यक्ष लोक बहादुर साँउदले बान्निगढी जयगढ गाँउपालिका बासी जनताको सबैभन्दा ठुलो दुस्मन मदिरा भएको बताउनुभएको छ ।

गाँउपालिकामा जथाभाबि बिक्रिबितरण तथा सेबन गरिने मदिराकै कारण महिलाले अपमानित हुनुपरेको , भाईचरा र सामाजिक सद्भाबमा ठुलो क्षेति पुगीरहेको , र बिभीन्न बिकृतिहरुभईरहेको उहाँले उल्लेख गर्नुभयो ।

बान्निगढी जयगढ गाँउपालिकाको आयोजनामा आज भएको बिजया दशमी , दिपावली , नेपाल संबत तथा छट पर्बको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उपाध्यक्ष साँउदले सो कुरा उल्लेख गर्नुभएको हो ।

मदिराकै कारण गाँउपालिका जनप्रतिनिधी समेत असुरक्षित भएको भन्दै उहाँले चिन्ता ब्यक्त गर्नुभयो ।

समाजको प्रमुख बिकृतिको रुपमा रहेको मदिरा नियन्त्रणकालागी आफुले पटक पटक प्रयास गर्दा पनि असफल बनाईएको उपाध्यक्ष साँउदले दुखेसो गर्नुभयो । गाँउपालिका सम्पुर्ण जनप्रतिनिधी तथा बुद्धिजिबीको मत बिभाजनका कारण मदिरा नियन्त्रण गर्न नसकिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा वडा नं ३ का अध्यक्ष कुल बहादुर सेट्टी , ४ का अध्यक्ष कर्ण बहादुर ठकुल्ला , ५ का अध्यक्ष लाल कामी , प्रमुख प्रशासकिय अधिकृत शैलेशराज ढूंगाना , नेपाल कम्युनिष्ट पार्टीका गाँउपालिका कमिटी अध्यक्ष तरुण खड्का , नेपालि कांग्रेसका गाँउपालिका संयोजक चन्द्रसिं लुहार समाजसेबि तिलक खत्रि लगाएतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker