अछामका मुख्य व्यापारी केन्द्रमा दशै र तिहारमा जुवातास सँचालन नभएको डिएसपी शाहिको दावी (कुराकानी)
दशै तिहारमा अवान्छीत क्रियाकलाप नभएको प्रहरी तथ्याँक

दिनेश केशी,रेडियो बान्नीगढी
अछाममा दशै र तिहारमा शान्ती सुरक्षाको सुव्यवस्था सन्तोषजनक रहेको अछाम प्रहरी प्रमुख जनक बहादुर शाहीले बताउनु भएको छ ।
दशै तथा तिहारमा क्ुनै पनि अवान्छित क्रियाकलाप हुन नदिन सुरक्षा व्यवस्थामा कडाई गरिएका कारण यस बर्षको दशै तथा तिहार सन्तोषजनक रुपमा सम्पन्न भएको डिएसपी शाहीले बताउनुभयो ।
प्रहरीको सहज पहुँच नपुगेका केहि दुरदराजका बस्तीहरुमा छिटफुट रुपमा केहि अवान्छित क्रियाकलापहरु भएपनि जिल्लाका मुख्य ठाउँहरुमा अपराधिक गतिबिधि नभएको डिएसपी शाहीको दाबी छ ।
तिहार तथा दिपावलीमा अछाममा जुवातास सँचालन नभएको प्रहरीले बताएको छ । जिल्लाका मुख्य व्यापरी केन्द्र तथा शँकास्पद स्थानहरुमा जुवातास सँचालन भए नभएकोबारे अनुगमन गर्दा यस बर्ष जुवातास सँचालन भएको नभेटिएको डिएसपी शाहीले उल्लेख गर्नु भएको छ ।
यसै बिच आज हामीले दशै तथा तिहारमा अछाममा के कस्ता अवान्छित क्रियालाप भए भन्नेबारे अछामका प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहिसँग कुराकानी गरेका छौ । सुनौ यो कुराकानी ।
कुराकानीः डिएसपी जनक शाही