अछामबाट जिल्ला बाहिर जाने सवारी साधनमा यात्रुको चाप बढ्दो (अडियो)

जयगढबाट शुक्रवार मात्रै करिव ५ सय यात्रु बाहिरिए

दिनेश केशी, रेडियो बान्नीगढी

दशै र तिहार मनाउन गृह जिल्ला अछाम आएका सर्वसाधारण जिल्ला बाहिर जान थालेपछि अछामका व्यापारी केन्द्रहरुमा चहल पहल बढेको छ ।

शुक्रबार मात्रै जयगढबाट करिव ५ सय यात्रु जिल्ला बाहिर प्रस्थान गरेका छन ।

दशै तथा तिहार सकिए लगतै सर्वसाधारण जिल्ला बाहिर जान थालेपछि वजार क्षेत्रमा चहल पहल बढेको छ भने सवारी साधनमा पनि यात्रुहरुको चाप बढ्न थालेको हो ।

प्राय जसो २ वटा बसका लागी यात्रुको अभाव भईरहने जयगढ बजारबाट शुक्रवार कर्णाली रिभर र सुदुर पश्चिम याझायातका गरि १० वटा बस भरिभराउ भए भने केहि निजि जीपहरु समेत यात्रु बोकेर जिल्ला बाहिर गएको यातायात व्यवसायी खेमराज खड्काले बताउनुभयो ।

दशै र तिहार बिदामा घर आएकाहरु कर्म थलो फर्किन थालेपछि यात्रीहरुको चापाचाप निकै बढेको कर्णाली यातायात ब्यावसायी संघ टिकट काउण्टर जयगढका गोविन्द रावलको भनाई छ ।  कर्णाली यातायातको टिकट काउण्टरमा शुक्रवार मात्रै १७० जना भन्दा वढि यात्रुले टिकट लगेको उहाँले बताउनु भयो ।यस बर्ष बिगतको तुलनामा सबै भन्दा बढि टिकट टिकट बिक्रि भएको रावलको भनाई छ ।यात्रीहरुको सहजताको लागी धनगढी बाट थप २ वटा गाडी मगाई यात्रीहरु पठाएको रावलले बताउनु भयो ।

कुराकानीः गोबिन्द रावल

यस्तै सुदुरपश्चिम यातायातको टिकट काउन्टरबाट पनि करिब ३०० जनाले टिकट काटेको लिएको काउण्टर ईन्चार्ज बसन्त मोहन स्वारले जानकारी बताउनु भएको छ । यात्रुहरुको अत्याधिक चाप बढेपछि टिकट काट्न समेत केहि असहजता महसुस गरेको उहाँले बताउनुभयो । अछामीहरु बिभिन्न दिन बार अनुसार लामो यात्रा गर्ने भएकाले शुत्रबार आज यात्रीहरुको चाप बढेको स्वारको भनाई छ ।
कुराकानीः बसन्त मोहन स्वार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker