सवारी साधनबाट १६ दिनको अवधीमा अछाममा डेढ लाख राजश्व सँकलन (कुराकानी)
सवारी दुर्घटना हुन नदिन चेकजाँचमा कडाई गरिएको डिएसपी शाहिको भनाइ

दिनेश केशी,रेडियो बान्नीगढी
जिल्ला प्रहरी कार्यालय अछामले सवारी साधानहरुको चेकजाँचमा कडाई गरेको छ ।
दशैं तिहार मनाउनका लागि जिल्ला भित्रिएकाहरु दशैं तिहार मनाएर कर्मथलो फर्किन थालेपछि सवारी साधान चेकजाँचमा प्रहरीले कडाई गरेको हो ।
विशेष गरि दशैं तिहार पछि गृह जिल्लाबाट बाहिर जाने यात्रुहरुसंग वढी भाडा अशुल्ने, सवारी साधानहरुको क्षमताभन्दा बढी यात्रुहरु राख्ने लगायतका समस्यालाई मध्यनजर गरि चेकजाँचमा कडाई गरिएको अछामका प्रहरी प्रमुख डिएसपी जनक शाहीले बताउनु भयो ।
कार्तीक महिनाको हाल सम्ममा मात्रै सवारी साधनहरुको चेकजाच तथा कार्वाहिबाट १ लाख ५० हजार राजश्व शँकलन गरेको प्रहरीले जनाएको छ ।
जिल्ला भित्रिने र बाहिरीने लामो दुरीका सवारी साधान तथा स्थानीय सवारी चेकजाँचका क्रममा ट्राफिक नियम पालना नगर्ने सवारी साधनबाट १६ दिनको अवधीमा मात्रै १ लाख ५० हजार राजस्व संकलन गरीएको डिएसपी शाहीले जानकारी दिनुभयो ।दशै र तिहारलाई मध्यनजर गर्दै सवारी दुर्घटना हुन नदिन चेकजाँचमा कडाई गरिएको उहाले बताउनु भएको छ ।
यसै बिच आज हामीले सवारी चेकजाँचका बिषयमा अछामका प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहिसँग कुराकानी गरेका छौ । सुनौ यो कुराकानी ।
कुराकानीः जनक शाही