अछाममा उप-निर्बाचनको तयारी तिब्र

अछाममा उप-निर्बाचनको तयारी तिब्र पारिएको छ ।
आगामी मंशिर १४ गते मेल्लेख गाँउपालिकाको वडा नं ५ मा हुने उप-निर्बाचनको तयारी तिब्र पारिएको निमित्त जिल्ला निर्बाचन अधिकारी गजेन्द्र थारुले जानकारी दिनुभयो ।
जिल्ला अदालत अछामका जिल्ला न्याधिसलाई मुख्य निर्बाचन अधिकृत तोकेर तालिम समेत दिईसकेको र जिल्ला निर्बाचन कार्यालय निर्बाचनको आन्तरिक तयारीमा अहोरात्र लागीपरेको निर्बाचन अधिकारी थारुले उल्लेख गर्नुभयो ।
आउदो २१ गते उपनिर्बाचनको तयारी स्वरुप मंगलसैनमा सर्बददिय बैठक बस्ने उहाँले जानकारी दिनुभयो । निर्बाचनका लागी भवानि आधारभुत बिद्यालय कात्तेगाँउ तथा जनता माद्यामीक बिद्यालय मेल्लेख गरि दुईवटा मतदान स्थल तोकिएको छ ।
भवानि आधारभुत बिद्यालयमा एउटा मात्र निर्बाचन केन्द्र रहेको र ६५२ जना मतदाता रहेको तथा जनता माद्यामीक बिद्यालयमा क र ख गरेर दुईवटा केन्द्र तोकिएको र दुईवटै केन्द्र गरेर १२ सय ५२ जना मतदाता रहेका निमीत्त निर्बाचन अधिकृत थारुले बताउनुभयो ।
मेल्लेख गाँउपालिका वडा नं ५ बिन्देबासीनीमा निर्बाचित वडाध्यक्ष राम बहादुर बोहोराको २०७४ साल साउन २१ गते बाजुराको बडिमालिकामा लेक लागेर मृत्यु भएको थियो ।
यसैबिच आज हामीले आगामी मंशिर १४ गते हुने उपनिर्बाचनको तयारीका बिषयमा जिल्ला निर्बाचन कार्यालय अछामका निमीत्त निर्बाचन अधिकारी गजेन्द्रप्रकास थारुसंग कुराकानि गरेका छौँ ।
कुराकानि गजेन्द्र थारु ……….
क्याटेगोरी : मुख्य समाचार, राजनीति, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस