गाउँपालिकालाई प्राप्त एम्वुलेन्स भित्र्याउदै : उपाध्यक्ष साउँद

पहाडी १६ वटा निर्वाचन क्षेत्रका लागि भनेर खरीद गरिएका १६ वटा एम्बुलेन्स सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको छ ।
प्रदेश सरकारले ३१ असारमा पहाडी १६ निर्वाचन क्षेत्रका लागि भनेर खरीद गरेका अत्याधुनिक १६ वटा एम्बुलेन्स आज वितरण गरेको हो । अछामको बाब्ला स्वास्थ्यचौकी, कमल बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र, बान्नीगढी स्वास्थ्य चौकी र जिल्ला अस्पताल अछामलाई एक,एक थान एम्बुलेन्स हन्तान्तरण गरिएको छ ।
बान्नीगढि जयगढ गाउँपालिकालाई सामाजीक बिकास मन्त्रालयद्वारा बिवतरण गरेको एम्वुलेन्स आर्थीक मामिला तथा योजना मन्त्री झपट बोहराले बान्नीगढि जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउदलाई हस्तान्तरण गर्नु भएको हो ।
एम्वुलेन्स हस्तान्तरण पश्चात रेडियो बान्नीगढिसंग संक्षीप्त कुराकानी गर्दै बान्नीगढि जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउदले गाउँपालिकाले एम्वुलेन्स प्राप्त गरेकोमा खुसी व्यक्त गर्नुभयो । गाउँपालिकामा एम्वुलेन्स आएसंगै स्वास्थ्य उपचारका लागी नागरिकलाई सहज हुने उहाले बताउनुभएको छ ।
बाईट ः लोक बहादुर साउँद ।
प्रदेश सरकारले एम्बुलेन्स खरीदका लागि आर्थिक वर्ष २०७५÷०७६ मा ६ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यसमध्ये ६ करोड २७ लाख ३८ हजार ५ सय रुपैयाँमा १६ वटा एम्बुलेन्स खरिद गरिएको हो।
सुदूरपश्चिमका अधिकांश स्वास्थ्य संस्थाका एम्बुलेन्समा साइरन र अक्सिजन सिलेन्डर बाहेकका सुबिधा नभएको अवस्थामा नयाँ वितरण गरिएका १६ वटा एम्वुलेन्समा फुल एसी सहित मुटुको धड्कन नाप्ने मनिटर, अक्सीजन सिलिण्डर, सुरक्षाका अन्य थुप्रै उपकरण लगायतको सुबिधा छ ।
क्याटेगोरी : मुख्य समाचार, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस