पञ्चदेवल बिनायक नगरपालिकामा अपेक्षा अनुसार आम्दानी हुन सकेन (कुराकानी)

करिव १८ लाख आन्तरिक आम्दानी,यस बर्षमा १ करोड आम्दानी गर्ने अपेक्षा

दिनेश केशी,रेडियो बान्नीगढी

पञ्चदेवल बिनायक नगरपालिकाले गत आर्थीक बर्षमा १८ लाख आन्तरिक आम्दानी गरेको छ ।

गत आर्थीक बर्ष २०७५÷७६ मा पञ्चदेवल बिनायक नगरपालिकाले करिब १८ लाख आन्तरिक आम्दानी गरेको हो ।

बार्षीक निति तथा कार्यक्रममा करिब ५० लाख आम्दान्नी हुने अनुमान गरीएको भएपनि नगरपालिकाले करिव १८ लाख मात्रै राजश्व सँकलन गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशसकिय अधिकृत पदम माझीले बताउनुभयो ।

सबै भन्दा बढी प्रदेश सरकारबाट कानुन र सँबिधान बोमोजिम १० लाख पा्रप्त आम्दान्नी भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत माझीको भनाई छ ।

नगरपालिकाका मुख्य सा्रेतहरु डोजर, गिट्टी,बालुवा भएपनि सहि तथा पारदर्सी ढंगबाट सँचालन नहुदा सोचेजस्तो आम्दान्नी हुन नसकेको अधिकृत माझीको भनाई छ । सिफारिस, मालपोतको तिरो, ब्यावसाय दर्ता र डोजर भाडाबाट गरि नगरपालिकाले करिब १८ लाख आर्थिक आम्दानी गरेको हो ।

यस आर्थीक बर्षमा पञ्चदेवल बिनायक नगरपालिकाले करिब १ करोड सम्मको आन्तरिक आम्दान्नी हुने अनुमान गरिएको छ ।

यसै बिच आज हामीले नगरपालिकाको आन्तरिक आम्दानीका बिषयमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम माझी संग कुराकानी गरेका छौ । सुनौ यो कुराकानी
कुराकानीः पदम माझी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker