अछामका न्यायीक समिति प्रती नागरीकको आकर्षण न्युन (कुराकानी)
मंगलसेन नगरपालिकामा हाल सम्म ३५ वटा मुद्धा दर्ता,न्यायीक समितिको कार्य सम्पादनबारे अधिकाँश नागरिक बेखवर

दिनेश केशी, रेडियो बान्नीगढी अछाम
अछाममा न्यायिक समितीमा उजुरी पर्ने क्रम न्युन देखिएको छ ।
न्यायीक समितिले गर्ने कार्य सम्पादनका बिषयमा प्रचार प्रसारको अभाव लगायतका कारणले अछामका स्थानीय तहहरुमा रहेका न्यायीक समितिमी उजुरी तथा गुनासो आउने क्रम न्युन देखिएको हो ।
नगरपालिकामा उपप्रमुख र गाउँपालिकामा उपाध्यक्षको नेतृत्वमा वडा सदस्य वा कार्यपालिका सदस्य रहने गरि स्थानीय तहमा न्यायीक निर्माण गरिएका छन ।
समितिलाई बिभिन्न बिषयमा पर्ने गुनासो तथा उजुरीलाई किनारा लगाउन सक्ने कानुनी प्रावधान रहेको भएपनि अछामका स्थानीय तहमा रहेका न्यायीक समितिमा उजुरी तथा गुनासो आउनेक्रम न्युन रहेको छ ।
जिल्लाको मंगलसेन नगरपालिकामा न्यायिक समिती गठन भएको हाल सम्म करिब ३५ वटा मुद्धा मात्रै दर्ता भएका छन । सामान्य झैझगडा र मनमुटावमा समेत प्रहरीमा उजुरी दर्ता हुने र समन्धित वडा कार्यलयमै मेलमिलाप हुने क्रम भएकाले नागरिकहरु न्यायिक समिती सम्म कम आउने गरेको र नागरिकहरुलाई न्यायिक समिती बारे त्यती जानकारी नभएका कारण हाल सम्ममा करिब ३५ वटा मात्र मुद्धा दर्ता भएको उपप्रमुख तथा न्यायिक समिती संयोजक सरिता उपाध्यायले बताउनु भयो ।
न्यायिक समितीमा उजुरी पर्ने बित्तिकै नागरिकहरुले तत्काल न्याय खोज्ने र तत्काल पिडितको समस्या समाधान गर्ने कानुन न्यायिक समितीमा नहुदा पनि सर्बसाधारणको आर्कषण न्यायिक समितीमा कम देखिएको उहाको भनाई छ । यसै बिच आज हामीले न्यायिक समितीमा उजुरी तथा गुनासो आउने क्रमका बिषयमा मंगलसेन नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिती संयोजक सरिता उपाध्याय संग कुराकानी गरेका छौ । सुनौ यो कुराकानी
कुराकानीः सरिता उपाध्याय