बान्निगढी जयगढका असिना पिडित किशानलाई राहत : हात्ति आयो हात्ती आयो फुस्सा

भानु ढकाल ,अछाम
बान्निगढी जयगढ गाँउपालिकाका असिना पिडित किशानको राहत पाउने आशा आसामै सिमित भएको छ । गाँउपालिकाले पिडित किशानलाई राहत उपलब्ध गराउने कुरामा बेवास्ता गरेपछि आशा अधुरै रहेको हो ।
गाँउपालिकाका सरोकारवाला ब्याक्तिले पटक पटक राहत दिईन्छ भनेरे आश्वासन दिएपनि अन्त्यमा आश्वासन झुटो साबित भएको छ । २०७५ साल चैत्र २२ र २३ गते भिषण हावाहुरीसंगै परेको असिनाले गाँउपालिकाको वडा नं ५ , ६ र ३ का केहि भुभागको गहुँबालि तथा तरकारी खेति सखाप पारेको थियो । त्यस्तै वडा नं ४ र २ मा पनि सामान्य क्षेति भएको थियो ।
त्सपछि २०७५ साल चैत्र २५ र २६ गते गाँउपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक लोक बहादुर साउँदको नेत्रृत्वमा क्षेति पुगेको सम्पुर्ण ठाँउको अनुगमन गरिएको थियो ।
अनुमन टोलीले कालिका दर्ना र काँडाकोटको गहुँबालिमा ९० प्रतिशत क्षेति भएको निष्कर्ष समेत निकालेको थियो । अनुगमन पश्चात गाँउपालिका उपाध्यक्ष तथा अनुगमन समिती संयोजक साँउदले पिडीत किशानलाई केहिदिन भित्रै गाँउपालिका सरकार तथा प्रदेश सरकारबाट राहत उपलब्ध गराउने आश्वाशन समेत दिनुभयो र तत्काल क्षेतिको बिबरण समेत संकलन गरियो ।
तर पिडित किशानले क्षेति भएको ८ महिना अर्थात अर्को गहुँबालि लगाई सक्दा समेत राहत पाएका छैनन् । प्रत्यक स्थानिय सरकारमा बिपद् ब्याबस्थापन कोष हुन्छ र त्यो बिपद् ब्याबस्थापन कोष आकस्मिक आईपर्ने प्राकृतिक प्रकोपबाट भएको क्षेतिको राहत दिनका लागी स्थापना गरिएको हुन्छ ।
बान्निगढी जयगढ गाँउपालिकाको बिपद् ब्याबस्थापन कोष भने गाँउपालिकाबासी किशानको ९० प्रतिशत अन्नबालि असिनाले सखाप पार्दा पनि टसमस भएको छैन् । यसैबिच हामीले यसैबिषयमा अनुगमनको नेत्रृत्व गर्नुभएका गाँउपालिका उपाध्यक्ष लोक बहादुर साँउदसंग संक्षिप्त कुराकानि गरेका छौँ ।
कुराकानि लोक बहादुर साँउद ………..
क्याटेगोरी : मुख्य समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस