ढकारीका अवरुद्ध ग्रामीण सडकहरु नियमित सुचारु गर्न यस्तो छ योजना (कुराकानी)

दिनेश केशी,रेडियो बान्नीगढी
बर्षाका कारण अवरुद्ध बनेका ढकारी गाउँपालिका भित्रका केहि ग्रामीण सडकहरु संचालनमा आएका छन ।
बर्षा सकिए सँगै गाउँपालिका भित्रका केहि सडक अरुद्ध भएपनि अधिकांस ग्रामिण सडकहरु सँचालनमा आएका हुन । बर्षायाममा अवरुद्ध बनेका ग्रमिण सहकहरु मर्मत सम्भार गरि सँचालमा ल्याईएको गाउँपालिका अध्यक्ष धन बहादुर बुढाले बताउनु भएको छ ।
बर्षायाममा ग्रामीण सडक अवरुद्ध हुँदा नागरिकलाई आवतजातमा समस्या हुदै आएको थियो । हाल ग्रामिण सडकहरु सँचालनमा आएसँगै नागरीकहरुलाई सवारी साधनमा ओहोर दोहोर गर्न सहज भईरहेको गाउँपालिका अध्यक्ष बुढाले बताउनुभयो ।
ग्रामिण सडकहरु मर्मत सम्भार गरिए पश्चात सँचालनमा आए पनि केहि सडकहरु अवरुद्ध हुने सक्ने जोखीम यथावत रहेको उहाको भनाई छ । आगामी दिनमा ग्रामीण सडकलाई बर्षायाममा समेत सँचालन हुने गरि स्तोरन्नती गर्न गाउँपालिकाले सडकको नाली व्यवस्थापन गर्ने योजना बनाईएको उहाले बताउनु भएको छ ।
यसै बिच आज हामीले ग्रामीण सडकहरुको अवस्थाका बिषयमा ढकारी गाउँपालिकाका अध्यक्ष धन बहादुर बुढा संग कुराकानी गरेका छौ ।
कुराकानि धन बहादुर बुढा …..