अछाममा मदुमेह रोगीको संख्या बढ्दो : कसरी जोगीने कुराकानि सहित

भानु ढकाल  ,

पछिल्लो समय अछाममा मदुमेह रोग बढी देखिन थालेको पाईएको छ । पछिल्ला केही बर्ष यता अछाममा मदुमेहका बिरामी बढ्दै गएको देखिएकोे हो ।

असन्तुलित खानपान तथा बिलाशी जिबनशैलीले जिल्लामा मदुमेह रोगीको संख्या बढेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताउनुभयो ।

गत आर्थिक बर्षमा मात्र आठ सय ८३ जनाले जिल्ला स्वास्थ्य कार्यालय अछामको मातहतमा रहेका स्वास्थ्यसंस्थामा मदुमेहको उपचार गराएकोे ढुंगानाले बताउनुभयो । दुई सय ९२ जना महिला तथा पाँच सय ९१ जना पुरुष गरि जम्मा आठ सय ८३ जनाले मदुमेहको उपचार गराएको उहाँले बताउनुभयो ।

बाईट झनकराज ढुंगाना….

यस्तै बयालपाटा अस्पतालका सह मेडिकल निर्देशक डा. पवन अग्रवालले अछाममा चार देखी आठ प्रतिशत मानिसमा मदुमेह भएको तथ्यांक बयालपाटा अस्पतालले सार्बजिक गरेको बताउनुभएको छ ।

देशभर आठ देखी दश प्रतिशत मानिसमा मदुमेहको संक्रमण देखिएकाबेला अछाम जिल्लामा मात्रै चार देखि आठ प्रतिशत मानिसमा संक्रमण देखिनु डरलाग्दो भएको सह निर्देक डा.अग्रवालले बताउनुभयो ।

दैनिक शारिरिक ब्यायम नगर्नु , चिल्लो र गुलियो बढी खानु , धुम्रपान तथा मदपान बढी प्रयोग गर्नु तथा बजारमा पाईने प्याकेटका खानेकुरा बढी खानु नै मदुमेहको प्रमुख कारक हुने उहाँले बताउनुभयो । मदुमेहले हृदयघात , मष्तिस्क घात , मृगौलामा समस्या तथा दृष्टी गुम्न सक्ने खतरा हुने अग्रवालले बताउनुभयो ।

मुख सुक्नु , तिर्खा बढी लाग्नु , पटक पटक पिसाब लागीरहनु , पिसाबको मात्रा धेरै हुनु , राम्ररी खाना खाएपनि दुब्लाउदै जानु ,दृष्टी धमीलो हुनु र हातगोडा झमझमाउनु मदुमेहका मुख्य लक्ष्क्षण भएको उहाँले उल्लेख र्नुभयो ।

यसैबिच  हामीले बिश्व मधुमेह दिवशको अवशर पारेर मधुमेह रोगको बारेमा बयालपाटा अस्पतालका सह निर्देशक डा. पवन अग्रवालसंग कुराकानि रेका छौँ । कुराकानिको शुरुमा उहाँलाई हामीले मधुमेह भनेको केहो सर्बसाधारणले बुझ्ने गरेर बताई दिनुस न भनेर सोधेका छौँ ।

कुराकानि डा.पवन ………….

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker