स्वास्थ्य चौकी बिनायकको एम्बुलेन्स एक बर्ष देखि बेपत्ता : बिरामीको बेजोग

भानु ढकाल ,
स्वास्थ्य चौकी बिनायकको एम्बुसेन्स गाएब भएको छ । स्वास्थ्य चौकीको नाममा रहेको एम्बुलेन्स बिगत एक बर्षदेखी गाएब भएको हो ।
एक बर्ष पहिले बिग्रीएर बनाउन नेपालगञ्ज लगीएको भनिएको एम्बुलेन्स अझै फर्किएको छैन् । तत्कालीन नेकपा माओबादी केन्द्रबाट सांसद बनेकि जानकी साउद रावलको सँसद विकास कोषबाट स्वास्थ्य चौकी विनायकको नाममा खरीद गरीएको एम्बुलेन्स नगरपालिकाका सरोकारवालाको ब्यवास्ताले बेपत्ता भएको हो ।
सुरुमा सामान्य विग्रिएकोले मर्मतको लागी भनेर नेपालगञ्ज लगिएको एम्बुलेन्स एक बर्ष सम्म पनि नफर्किएपछि वडा अध्यक्ष पदम बहादुर धामीले गायब गरेको स्थानियको आरोप छ । खरिद गरिएको केही समय स्वास्थ चौकिले एम्बुलेन्स सञ्चालक समितिद्धारा चलाईएको थियो । शेर बहादुर बुढाको अध्यक्षतामा गठित सञ्चालक समितिले एम्बुलेन्स सञ्चालन गर्दा विनायक क्षेत्रका धेरै विरामीहरुले सेवा पाएका थिए ।
सञ्चालक समितिबाट पञ्चदेवल विनायक नगरपालिकाले एम्बुलेन्स थुतेर वडा अध्यक्ष पदम धामीको जिम्मा दिईएको थियो । धामी विनायक स्वास्थ्य चौकिका अध्यक्ष समेत हुन । उनै धामीको संलग्नतामा नेपालगञ्ज पठाईएको भनिएको एम्बुलेन्स अहिलेसम्म फर्कन सकेको छैन । अहिले एम्बुलेन्सको अवस्था बारे आम सर्बसाधारण अनविज्ञ छन । एम्बुलेन्स नहुदा बिनायक क्षेत्रका सर्बसाधारणले चर्को भाडा तिरेर विरामी ओसार्नुपर्ने बाध्यता छ ।
यता स्वास्थ्यचौकीका अध्यक्षत समेत रहेका वडाध्यक्ष पदम बहादुर धामीले भने यो बिषयमा केही नबोलेर टार्न खोजेका छन् । रेडियो बान्निगढी तथा बान्निगढी टुडे डट कमले पटक पटक फोन गरेर यो बिषयमा बुझ्न खोज्दा वडाअध्यक्ष धामीले यो बिषयलाई आलटाल गरेका हुन् । यता पञ्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख देबराज देबकोटाले भने अब तत्काल एम्बुलेन्स ल्याउने तयारी भईरहेको बताएका छन् ।
रेडियो बान्निगढीसंगको संक्षिप्त कुराकानिका क्रममा बिग्रीएर नेपालगञ्ज लगीएको एम्बुलेन्सको ईन्जिनमा समस्या देखिएकाले केही ढिलो भएको तर अब तत्काल एम्बुलेन्स अछाम आईपुग्ने नगर प्रमुख देबकोटाले बताएका हुन् ।
यसैबिच हामीले बिगत एक बर्षदेखि बेपत्ता स्वास्थ्यचौकी बिनायकको एम्बुलेन्सको बिषयमा पञ्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख देबराज देबकोटासं कुराकानि गरेका छौँ ।
कुराकानि देबराज देबकोटा …….
क्याटेगोरी : मुख्य समाचार, स्वास्थ्य, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस