Techie IT

बैजनाथ धामप्रती दर्शनार्थीहरुको आकर्षण बढ्दो


अछामस्थीत बैजनाथ धामप्रती दर्शनार्थीहरुको आकर्षण बढ्दै गएको पाईएको छ ।

बैजनाथ धाममा दैनीक जसो ५०, ६० जनाले दर्शन गरेको देखीएसँगै धामप्रती दर्शनार्थीहरुको आकर्षण बढ्दै गएको पाईएको हो ।

नेपालका चार धाम मध्यको एक धाम बैद्यनाथ धाममा दर्सन गर्दा मनोकाँक्षा पुरा हुनुका साथै पुण्य आर्जन हुने बिश्वास कायम रहेको छ । धाममा मेला पर्बका दिनहरु बाहेक अन्य सामान्य दिनहरुमा दैनिकी जसो ५०,६० जना मानिसहरु पुजाआजा गर्न आउने गरेको बैजनाथ धाम बेद बिद्याआश्रमका अध्यापक केशरराज जोसीले बताउनुभयो ।

अछामको बैद्यनाथमा रहेका धार्मीक ऐतिहासीक बस्तुको अवलोकन तथा अछाम एकिकरणका बेला १८४९ साल तिर अम्मरसींह थापाले चढाएका हात हतियारको अवलोकन गर्न दर्शनार्थीसँगै आन्तरिक तथा बाह्य जिल्लाका पर्यटक समेत आउने गरेको उहाले बताउनु भएको छ ।

यसै बिच आज हामीले बैजनाथ धाममा दर्शन गर्न आउने दर्शनार्थीको अवस्था र धामका बिषयमा बैजनाथ वेद बिद्याश्रमका अध्यापक केशरराज जोशीसँग कुराकानी गरेका छौ । सुनौ यो कुराकानी
कुराकानी : केशरराज जोशी ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!