अछामका स्थानीय तहमा कर्मचारी अभाव कायमै

निजी कर्मचारीमा बिकासे बजेट खर्च गर्नुपर्ने बाध्यता

अछामका स्थानीय तहहरुमा कर्मचारीको अभाव अझै कायमै रहेको छ ।

सङ्घीय सरकारले समायोजन प्रक्रिया टुङ्ग्याउदा पनि अछाम जिल्लाका गाउँपालिका र नगरपालिका कार्यालयमा कर्मचारीको अभाव कायमै रहेको हो ।

स्थानीय तहहरुमा कर्मचारीको अभाव रहदा सेवाग्राहिले कामकाजमा ढिलाई व्यहोर्नु पर्ने बाध्यता रहदै आएको छ । भने कार्यालय संचालनमा समस्या हुदा निजि कर्मचारीमा बिकासे बजेट खर्च भईरहेको छ ।

यसै बिच जिल्लाको कमलबजार नगरपालिकामा पनि कर्मचारी अभावका कारण समस्या भईरहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खडक बहादुर बिष्टले बताउनु भएको छ ।

कमलबजार नगरपालिकामा लेखाशाखामा समेत कर्मचारी नहुँदा मालपोत कार्यालय बाट कर्मचारी बोलाएर काम गर्नु पर्ने बाध्यता रहेको उहाँले उल्लेख गर्नु भयो ।

कर्मचारीको अभावका कारणा नगरपालिकाका वडाहरु कार्र्यालय सहयोगीको भरमा सञ्चालन भईरहेको र स्वास्थ्य संस्थामा भएका थोरै कर्मचारीहरुलाई परिचालन गरि सेवा प्रभाहमा निरन्तर जोड दिएको अधिकृत बिष्टले बताउनु भयो ।

कर्मचारीहरुको अभावका कारण नगरपालिकाका योजना कार्यन्वयनमा समेत समस्या भईरहेको उहाले खुलासा गर्नु भएको छ ।
यसै बिच आज हामीले कर्मचारी अभावका बिषयमा कमलवजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खडक बहदुर बिष्ट्रसंग कुराकानी गरेका छौ ।

 सुनौ यो कुराकानी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker