Techie IT

भारतलाई आफ्ना सेना फिर्ता लैजान ओलीकोको आग्रह


प्रधानमन्त्री केपी ओलीले कालापानीबाट आफ्ना सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् ।

काठमाडौमा आइतबार भएको नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ संगठन युवा संघ प्रथम राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै उनले नेपालको एक इन्च भूमी पनि कसैलाई मिच्न नदिने भन्दै कालापानीबाट आफ्ना सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले अहिले आएर सिमाना मिचिएको नभई यसअघिका शासकको कमजोरीका कारण मिचिएको जिकिर गरे । वर्तमान सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको उनको दावी थियो ।

प्रधानमन्त्री ओलीले सीमाका विषयमा राष्ट्रिय एकता कायम भएको भन्दै नेपाली भूमिबाट विदेशी फौज फिर्ता पठाउने दृढता व्यक्त गरे । प्रधानमन्त्री ओलीले सीमा विवादबारे केहि व्यक्ति राष्ट्रवादी बन्न खोजेको आरोप लगाउँदै उछृङ्खल गतिविधिले समस्या समाधान नहुने टिप्पणी गरे ।

कालापानीमा भारतीय सेना अघिल्लै शताब्दीमा बसेको उल्लेख गर्दै उनले संवादबाटै समस्या समाधान हुने पनि बताए ।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले सरकारले राम्रा काम गरिरहेको भएपनि वैचारिक पूर्वाग्रह राखेर सरकारको आलोचना भईरहेको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताबाट चुनिएको सरकार भएकाले अधिनायकवादको कल्पनासम्म गर्न नसकिने स्पष्ट पारे ।

उनले यस विषयमा नागरिक समाजको आवरणमा केही टाठाबाठा र एनजीओका कर्मचारीले भ्रम फैलाईरहेको आरोप लगाए । सकारात्मक आलोचना सरकारको लागि मार्गनिर्देशन हुने भएपनि अनावश्यक रुपमा फैलाइएका हल्ला र भ्रमले सरकारको गति नरोकिने प्रधानमन्त्रीको भनाइ छ ।


क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस