बान्निगढी सरकार बहिरो भयो : नेकपा अध्यक्ष खड्का

नेपाल कम्युनिष्ट पार्टी नेकपा बान्निगढी जयगढ गाउँपालिका कमिटीले गाँउपालिकामा सार्बजनिक सुनाई नगरिएको भन्दै आपत्ति जनाएको छ ।

गाँउपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का समक्ष आज ध्यानाकर्षण पत्र बुभाउदै नेकपाले आपत्ति जनाएको हो । नयाँ आर्थिक बर्ष शुरु भएको एक महिना भित्रै गरिसक्नु पर्ने सार्बजनिक सुनाई अहिलेसम्म नभएपछि गाँउपालिका सरकारको ध्यानआर्कषण गराउनुपर्ने स्थिति आएको नेकपा बान्निगढी जयगढका अध्यक्ष तरुण खड्काले बताउनुभयो ।

सार्बजनिक सुनाई जस्तो महत्वपुर्ण कुरामा सरकारले वास्तानै नगर्नु गाँउपालिका बासीकालागी ठुलो दुर्भाग्य भएको समेत उहाँले बताउनुभयो । ध्यानाकर्षण पत्र बुझाए पश्चात रेडियो बान्निगढीसंग संक्षिप्त कुराकानि गर्दै अध्यक्ष खड्काले सो कुरा उल्लेख गर्नु भएको हो ।

स्थानिय सरकार सञ्चालन एैनमा अनिबार्य गर्नै पर्ने सार्बजनिक सुनाई नगरेर बान्निगढी सरकारले गाँउपालिका बासी जनतालाई बेवास्ता गरेको खड्काले उल्लेख गर्नुभयो ।

यता बान्निगढी जयगढ गाँउपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले भने बिगतका केही महिना आफु गाँउपालिका बाहिर भएकाले सार्बजनिक सुनाई हुन नसकेको बताउनुभएको भएको छ । बिशेष कामले बिगत केही समय आफु गाँउपालिका बाहिर बस्नु परेकाले समयमै सार्बजनिक सुनाई गर्न नसकिएको तर अब तत्काल सार्बजनिक सुनाई गरिने अध्यक्ष खड्काले बताउनुभयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker